दासढुंगा दुर्घटनाको तेइस बर्षपछि आश्रित पत्नी मायालाई घर

दासढुंगा दुर्घटनाको तेइस बर्षपछि आश्रित पत्नी मायालाई घर

काठमाडौं: दासढुंगा दुर्घटना भएको २३ बर्ष पछि माया ज्ञावलीले नयाँ घर पाएकी छन। उनी यसभन्दा अघि डेरामा बस्दै आएकी थिइन। २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज  आश्रितको निधन भएको थियो। माया ज्ञावली आश्रितकी धर्मपत्नि हुन। विद्या भण्डारी भने अहिले राष्ट्रपति छन् ।

उनी लामो समय देखी राजधानीको चाबहिलमा डेरामा बस्दै आएकी थिईन। एमाले काठमाडौ जिल्ला कमिटीले बिभिन्न क्षेत्रबाट सहयोग जुटाएर यो घर निर्माण गरीदिएको हो। शुक्रबार उनलाई एक कार्यक्रमको आयोजना गरी पूर्बप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सो घर हस्तान्तरण गरेका छन्।

सो घर प्राप्त गरेपछि मायाले सहयोग गर्ने पार्टी र दाताहरुलाई धन्यवाद ज्ञापन गरिन। कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यो एउटा असाधरण काम भएको बताए। उनले कुसल संगठन जिवराज आश्रित कामउने काममा नलागि देश र जनताको पक्षमा लागेको बताए। उनले मायालाई यसरी सहयोग गरेकोमा पार्टीका बिभिन्न कमिटीलाई समेत धन्यवाद दिए।

२०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सहिद परिवालाई जग्गा उपलब्ध गराउने निर्णय गरे अनुरुप सरकारले सो जग्गा उपलब्ध गराएको एमाले उपत्यका समन्वय कमिटीका संयोजक सानु श्रेष्ठले बताए। सरकारले जग्गा उपलब्ध गराए पनि मायाको आर्थिक अवस्था कम्जोर भएका कारण सो ठाँउमा घर निर्माण हुन सकेको थिएन।अखिल नेपाल महिला संघ, एमाले उपत्यका समन्वय कमिटी, काठमाडौ जिल्ला कमिटीले घर निर्माणका लागि पहल गरेका थिए।

यसमा पार्टीका शिर्ष नेताहरुसग समेत पटक पटक परमर्श गरेको घर निर्माण समितिका अध्यक्ष तुलसी थापाले बताईन। एमाले काठमाडौ जिल्ला कामिटीले महिला नेतृ तुलसी थापाको अध्यक्षतामा सात सदस्य घर निर्माण समिति गठन गरेको थियो। निर्माण समितिको पहलमा २०७१ साल मंसिरमा सो घरको शिलान्यास गरिएको थियो। त्यसपछि भुकम्प लगायत बिभिन्न कारणले आर्थिक सहयोग जुटन नसक्दा निर्माणले गति लिन सकेको थिएन।

एमोलेको पहलामा सो अष्ट्रेलियमा बिभिन्न काम गरेर बस्ने राधिका पोखरेलले २९ लाख आर्थिक सहयोग उपलब् गराए पछि निर्माणले गति लिएको थियो। माया ज्ञावली र जीवराज आश्रितको बिबाह आफ्रनै माईती गाँउको झुपडीबाट भएकोले आफुसग भावनात्मक सम्ब्न्ध रहेकोले उनका सुख दुखमा आफु सधै सहयोगी बनेको निर्माण समितिका अध्यक्ष थापाले बताइन।

सो घर परिसरमा स्व आश्रितको शालिक समेत स्थापना गरिएको छ। अध्यक्ष ओलीले सो शालिकको पनि शुक्रबारै अनावरण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.