संक्रमित बालबालिकामाझ राजेश हमाल 

संक्रमित बालबालिकामाझ राजेश हमाल 

काठमाडौः अरू नायकनायिकाभन्दा ‘महानायक' राजेश हमालले यस वर्ष भिन्न रूपले दसं मनाए राजेश हमाल दसैं मान्न संक्रमित बालबालिकामाझ पुगे । कीर्तिपुरस्थित बेबी लाइफ होमका एचआईभी संक्रमित बालबालिकासँग राजेश हमाल निकै रमाए । होमका संक्रमित नानीहरूलाई हमालले टीका लगाइदिनुका साथै उनीहरूसँग मज्जाले नाचगान पनि गरेका थिए ।

‘क्विज शो'को क्रममा ‘टुगेदर फर एजुकेसन' नामक संस्थाका साथीहरूसँग चिनजान भएको र उनीहरूको माध्यमबाट संक्रमित बालबालिकाको बारेमा थाहा पाएपछि आफू ती बालबालिकामाझ पुगेको हमालले बताए । ‘टुगेदर फर एजुकेसन'ले नै संक्रमित बालबालिकासँग दसैं मनाउने कार्यक्रम बनाएको थियो ।

दसैंको तेस्रो दिन लाइफ होममा पुगेका हमालले बालबालिकालाई टीका लगाइदिएर आसिक दिएका थिए । ‘त्यहाँ मैले बालबालिकासँग निकै रमाइलो गरेँ', हमालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘बालबालिकाले पनि आफूसँग भएको प्रतिभा राम्ररी देखाए ।' उनले संक्रमित बालबालिकासँग बसेर खाना पनि खाए । भने, ‘प्रत्येक बालबालिका प्रतिभावान् छन् । उनीहरू अन्य सामान्य बालबालिकाजस्तै छन् । अरू बालबालिका जस्तै उनीहरू आ-आफनो लक्ष्यमा पुग्न चाहन्छन्, महत्वाकांक्षी पनि छन् । डाक्टर, इन्जिनियर, पाइलट, नायक, नायिका आदि बन्ने सपना छ उनीहरूको ।'

rajesh-hamal-in-dashin

बेबी लाइफ होमका सञ्चालक राजकुमार पुन र उमा गुरुङले होमको स्थापनादेखि नै बालबालिकाले समाजमा सम्मानित जीवन जिउन पाउनुपर्ने माग राख्दै आएका छन् । होम सञ्चालकहरूले बालबालिकाको पहिचान खुलाउनुपर्ने विचार राख्दै आए पनि समाजले लगाउने लाञ्छनाका कारण उनीहरूमा समस्या पर्न सक्ने हमालले बताए ।

‘बालबालिकाले आफ्नो सुरक्षा आफैं गर्न सक्ने भएपछि र आफ्ना लागि आफैले निर्णय गर्न सक्ने भएपछि मात्र पहिचान खुलाउँदा फरक पर्दैन । संक्रमित बालबालिकामात्रै होइन अन्य कुनै समस्या भएका बालबालिकालाई पनि लुकाएर राख्नुहुन्न', हमालले भने, ‘समाजमा खुलेआम हिँड्दा कसैले आैंला नउठाओस् भन्नका लागि अलि सोच्नुपर्ने हुन्छ ।'

rajesh-hamal-tika

विभिन्न समस्याबाट बाहिर निकाल्नका लागि एचआईभी संक्रमित बालबालिकालाई आ श्रय दिइरहेको होम्सले उनीहरूलाई धेरै नै सकारात्मक र जीवन जिउने कला सिकाउनुपर्ने धारणा हमालले राखे । ‘उनीहरूलाई हीनताबोध नहुने कुरा सिकाउनुपर्छ, सकारात्मक कुराहरू दिमागमा भरीदिनुपर्छ । उनीहरूको समस्या केही होइन भन्नु भन्दा तिमीहरू साधारण भइकन पनि यस्तो समस्या भएको बालबालिका हौ भन्ने कुरा सिकाउनुपर्छ । यस्ता बालबालिकाहरूको गु्रमिङ त्यही किसिमले गर्नुपर्छ,' हमालले भने ।

संक्रमित बालबालिकालाई निकै ध्यान दिएर सुन्न र बुझ्न प्रयास गरिरहेका हमालले उनीहरूको समस्या, औषधि उपचारको बारेमा कुराकानी गरेको सञ्चालक उमा गुरुङले बताइन् । बालबालिकालाई एकदमै सकारात्मक कुरा सिकाउन सुझाउँदै हमालले होम्सलाई बालबालिकाको सहयोगस्वरूप २० हजार रुपैयाँ पनि प्रदान गरे । बेबी लाइफ होममा २२ जना एचआईभी संक्रमित बालबालिका आ श्रय लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.