कहीँ नभएको जात्रा हाँडीगाउँमा

कहीँ नभएको जात्रा हाँडीगाउँमा

काठमाडौः ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोलटोलमा रथ (खट) घुमाएर सोमबार हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । टंगाल गहनापोखरी आसपासको हाँडीगाउँको माथिल्लो टोल ठटाल टोलबाट ब्रह्माको रथ र बीच भागको डठु (न्याल्म) टोलबाट विष्णु (नारायण)को रथ तानेर तल्लो टोल कोटाल टोलमा बनाइने महेश्वर (लक्ष्मी)को रथ रहेको ठाउँमा ल्याएपछि सोमबार मध्याह्न हाँडीगाउँको जात्रा सुरु भएको थियो ।

जात्रा सुरु हुनुअघि पूजा गर्न पुगेकी स्थानीय बासिन्दा हास्यकलाकार बसुन्धरा भुसालले महेश्वरलाई शृंगारका सामान र फलफूल चढाइन् । त्रिदेवको दर्शन र पूजाले मनमा शान्ति मिल्ने र मनोकामना पूरा हुने उनको भनाइ छ । उनले अन्नपूर्णसँग भनिन्, ‘सुत्केरी व्यथा लागेका महिलालाई छुवाएर जात्राका क्रममा नारायणलाई तेल चढाए व्यथा सहज हुने मान्यता छ ।' यसरी ब्रह्माको शिरमा तेल चढाउँदा दाहिनेपट्टि बगे छोरा र बायाँपट्टि बगे छोरी हुने जनविश्वास छ ।

जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ । स्थानीय रामचन्द्र्र श्रेष्ठका अनुसार विगतमा यो जात्रा रातभर हुन्थ्यो । दुई दशकयता बिहान हुँदै दिउँसोको समयमा सञ्चालन हुने गरेको हो ।

जात्राका पूर्वपूजारी कृष्णमोहन अमात्यले हाँडीगाउँको जात्रा अन्यत्रजस्तो नहुनुमा चारवटा कारण रहेको बताए । ‘अरू देवता मन्दिरमा राखिन्छन् र भक्तजनले निहुरिएर ढोग्ने र पुज्ने हुन्छ । यसमा रथको करिब २५ फिट उचाइमा राखिन्छ', उनले भने, ‘अरू देवताको रथ बोकेर लगिन्छ तर यो खट सिलिङको पंखाजस्तो फनफनी घुमाउँदै टोल परिक्रमा गराइन्छ ।'

उनका अनुसार देवता राखिएको अग्लो घुम्ने गोलो भाग भंगीवरिपरि मैनको फूल (पानीमा पकाएर थासामा चोबेर एक साताअघि बनाइने) राखिन्छ जुन अन्यत्र कुनै खटमा हुँदैन । उनले थपे, ‘कहीँ नभएको जात्रा भन्नुको चौथो कारण जात्रा नै उल्टो हुन्छ जहाँ मन्दिरमा गजुर माथि र मूर्ति तल हुन्छ । यहाँ गजुर तल मूर्ति सबैभन्दा माथि राखेर परिक्रमा गराइन्छ ।' यो रथ भंगी बेत र बाँसको मान्द्रा (चित्रा) ले बेरेर बनाइएको हुन्छ ।

जात्रा सुरु हुनुअघि पूजा गर्न पुगेकी स्थानीय बासिन्दा हास्यकलाकार बसुन्धारा भुसालले महेश्वरलाई श्रंगारका सामान र फलफूल चढाइन् । 

किंवदन्तीअनुसार परापूर्व काल (लिच्छवि कालतिर) मा दुई दिदीबहिनी गर्भवती थिए । कुरैकुरामा बच्चा कसरी जन्माउने होला भन्ने प्रसंग उठ्यो । बहिनीले आफूलाई भगवान्को आशीर्वाद भएको र उनकै कृपाले सन्तान जन्मिने बताइछन् । दिदीले प्राकृतिक कुरो भएकाले भगवान् चाहिन्न, समय आएपछि आफैं जन्मिहाल्छ नि भनिछन् ।

यो कुरो भगवान् नारायणलाई थाहा भएपछि रिसाएर म नचाहिने रहेछु भन्दै हिमालमा तपस्या गर्न गएछन् । नौ महिनापछि बहिनीले बच्चा जन्माइन् । तर, दिदीको १०, १५ महिना हुँदै १२ वर्षसम्म पनि सन्तान जन्मिएन ।

पुनः गर्भवती र बच्चा जन्मने प्रसंगमा दिदीले मैले यसो भनेको थिएँ, बहिनीले त्यसो भनेकी थिई भनेर कुरो उठेछ । सबैको सल्लाहअनुसार दिदीले पनि नारायणले तपस्या गरिरहेकै ठाउँमा पुगी रिसानी माफ होस् भन्दै नारायणको दर्शन र पूजा गरिन् । त्यसपछि उनले बच्चा जन्माएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.