भिबोर सोसाइटी र बुम रेमिटेन्सबीच सम्झौता
काठमाडौः भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र बुम रेमिटेन्स प्रालिबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले बुम रेमिटमार्फत् विदेशबाट नेपालीले पठाएको विप्रेषण रकम बैंकका ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टरमार्फल भुक्तानी गर्नेछ ।
साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण कार्य गर्नका लागिसमेत सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र बुम रेमिटेन्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।
खाडी मुलूकबाट रेमिटेन्सको कारोवार गर्दै आएको बुम रेमिटेन्सले चाडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, इजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकसँग सहकार्य गरि विदेशमासमेत बजार प्रर्वद्धन गरि नेपाली कामदारलाई विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको जनाएको छ ।