करिश्मालाई हरितारा 

करिश्मालाई हरितारा 

काठमाडौंः नायिका करिश्मा मानन्धरलाई २०७१ सालको हरितारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । हरितारा पुरस्कारको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले २०७२ सालको पुरस्कार सञ्चारकर्मी शान्तिप्रिय एवं डिजाइनर सुन्दर श्रेष्ठलाई दिने निर्णय गरेको छ । नायिका मानन्धर अढाई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा छिन् ।

उनले यस क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुरस्कारका सदस्यसचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै दुई दशकदेखि चलचित्र पत्रकारिता गरेबापत शान्तिप्रिय र २०४३ सालमा चलचित्र ‘सन्तान’को नेपालमै पहिलोपटक प्रचार सामग्री डिजाइन गर्ने श्रेष्ठलाई पुरस्कारका लागि छनोट गरिएको हो ।

उनले हालसम्म १२ सयभन्दा बढी चलचित्रका प्रचारसामग्री बनाइसकेका छन् । पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ । समाजसेवी स्वर्गीय विजया राणाले २०५२ सालमा पुरस्कार स्थापना गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.