भारतीय बालगृहमा छट्पटाउँदै ३२ नेपाली बालक

भारतीय बालगृहमा छट्पटाउँदै ३२ नेपाली बालक

सुर्खेतः भारत बिहार राज्यस्थित मुजफ्फरपुरको एक बालगृहमा पुर्‍याइएका ३२ जना नेपाली बालकले आफूहरूलाई घर फिर्ता गरिदिन आग्रह गरेका छन् । घरबाट भागेर र आफन्तको प्रलोभनमा भारत पुगेका पाँचदेखि १५ वर्षका बालकलाई त्यहाँको बालगृहमा राखिएको छ ।

आफन्तले मजदुरीका लागि लगेका नेपाली बालकलाई भारतको मुजफ्फरपुर जिल्लाको सिकन्दरपुरस्थित निर्देश नामको बालगृहमा राखिएको छ । विभिन्न होटेल र कारखानामा मजदुरी गर्दै आएका ती बाल श्रमिकलाई प्रहरीले संरक्षणका लागि बालगृहमा बुझाएको थियो ।

घरको ठेगाना बताउन नसक्ने उनीहरू अभिभावक पनि सम्पर्कमा नआएपछि बालगृहमै बस्न बाध्य छन् । तीन महिनासम्म उक्त बालगृहमा रहेका दैलेखका तीनजना बालकको भने उनीहरूका आफन्तद्वारा उद्धार गरिएपछि ३२ जनाको अवस्था सार्वजनिक भएको हो ।

आफन्तबाट ललाइफकाई भारत पुर्‍याइएका दैलेख दुल्लुका १४ वर्षीय सुन्दर वन, १५ वर्षीय सुरत गिरी र १५ वर्षीय टीकाराम पुरीलाई एक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरिएको हो । उनीहरूलाई शुक्रबार घर ल्याइएको छ । उनीहरूसँगै थुनिएका ३२ नेपाली बालक भने अहिले पनि बालगृहमै छन् ।

भारतीय बालगृहमा छट्पटाइरहेकाहरुके उद्वारका लागि आवश्यक कागजात नहुँदा समस्या । 

दैलेख, बाँके, पर्सासहित देशका विभिन्न जिल्लाका बालक बालगृहमा छट्पटाइरहेको र उनीहरूको उद्धारका लागि आवश्यक कागजात नहुँदा समस्या भएको छ ।

दैलेखका बालकको भारतबाट उद्धार गरी फर्किएका सामाजिक सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष हीरासिंह थापाले भने, ‘अहिले पनि त्यो बालगृहमा ३२ नेपाली बालक बन्धक छन् । उनीहरू घर फिर्तीका लागि हारगुहार गरिरहेका थिए । आवश्यक कागजात नहुँदा हामीले उद्धार गर्न सकेनौं ।'

वीरगन्ज घर बताउने पाँच वर्षका एक बालकले आफूलाई हास्यकलाकार दीपकराज गिरीको भतिजका रूपमा चिनाउँदै घर फिर्तीका लागि हारगुहार गरेको थापाले बताए ।

अभिभावक, घरको ठेगाना र आवश्यक कागजात नहुँदा आफूहरूले उनीहरूलाई उद्धार गर्न नसकेको थापाको भनाइ छ । आवश्यक प्रमाण जुटाएर उनीहरूलाई पनि उद्धार गर्नका लागि आफूहरूले पहल थाल्ने उनको भनाइ छ ।

आर्थिक अभाव, प्रलोभन र आफन्तबाटै फकाएर लगिएका बालकहरू बालगृहमा छन् । होटेल र कारखानामा काम गर्दै आएका बालकलाई पक्राउ गरी प्रहरीले बालगृहमा बुझाएको हो ।

मध्यपश्चिमका पहाडी जिल्लाबाट आफन्तले नै विभिन्न प्रलोभन देखाएर बालबालिकालाई भारत ओसार्ने गरेका छन् । यसअघि पनि यस क्षेत्रबाट भारततर्फ लैजाँदै गर्दा बालबालिकालाई बीच बाटोबाटै उद्धार गरिएको थियो । यस क्षेत्रका पहाडी जिल्लाबाट आर्थिक अभावको फाइदा उठाउँदै आफन्तले नै बालबालिका ओसार्ने गरेका छन् ।

बालगृहबाट उद्धार गरिएका दैलेखका बालक टीकाराम पुरीले भने, ‘म होटेलमा काम गर्दै थिएँ । उमेर नपुग्दै काम गरेको भन्दै प्रहरीले बालगृहमा लग्यो । तीन महिनासम्म भित्रै थुनिएँ । बल्लबल्ल घरमा खबर पुगेपछि मुक्ति पाइयो ।'

उनले आफ्नो उमेरका अन्य बालक पनि बालगृहमा रहेको र घर फर्कन चाहेको बताए । तर अधिकांशलाई अभिभावक र घरका बारेमा जानकारी नै नभएको उनको भनाइ छ ।

बालगृहबाट उद्धार भएर छोरो घर आएपछि सुन्दरका बाबु दलबहादुर वनले छोराले नयाँ जीवन पाएको भन्दै खुसी व्यक्त गरे । आफन्तले नै आफ्नो छोरालाई ललाइफकाई भारत पुर्या‍‍एको उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.