प्रहरी इन्सपेक्टर भन्दै ठगी गर्ने पक्राउ

प्रहरी इन्सपेक्टर भन्दै ठगी गर्ने पक्राउ

दमौलीः प्रहरी इन्सपेक्टर रहेको बताउँदै ठगी गर्दै हिड्ने एक व्यक्ति पक्राउ परेका छन्। दमौलीमा केही दिनयता विभिन्न पसल तथा व्यक्तिहरुसँग आफु प्रहरी इन्सपेक्टर भएको भन्दै नगद तथा सामान असुल्ने काम गरेका सुनसरी धरान–१४ घर बताउने ३० वर्षका कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

केही वर्ष अघि समेत दमौलीका व्यवसायीहरुलाई झुक्याइ उनले नगद तथा सामान लगेका थिए। केही दिनयता दमौली भित्रिएका उनले फेरि पनि केही व्यवसायीहरुलाई झुक्याएर नगद असुल्ने प्रयास गरेका थिए। शनिबार केही पसलेलाई ठग्ने प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका उनीबारे अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक मनोज पाण्डेले बताए। उनले हालसम्म कसैले उनीबारे उजुरी नदिए पनि अनुसन्धान भने थालिएको जानकारी दिए।

व्यास–२ अनशन चौतारा नजिकैको आले किराना पसलमा तेल, मञ्जन लगायतका सामान लगेर पैसा नतिरी हिड्न खोजेका ती व्यक्तिलाई गत वर्ष ठगिएका एक होटल व्यवसायीले चिनेपछि उनी हच्केर भागेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.