स्यालको टोकाइबाट शिक्षकको मृत्यु

स्यालको टोकाइबाट शिक्षकको मृत्यु

गौरः केही दिनअघि स्यालको टोकाइबाट बिरामी परेका रौतहटका एक शिक्षकको मृत्यु भएको छ। स्यालको टोकाइबाट बिरामी भएका गरुडा नगरपालिकास्थित महम्मदपुरका ३२ वर्षीय शिक्षक बसन्त यादवको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

गएको असोज १८ गते विहान शिक्षक यादवलाई स्यालले आँखा र शरीरका विभिन्न भागमा टोकेको थियो। स्यालले टोकेपछि गौर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि काठमाडौं लगिएको थियो। मृतक गरुडा नगरपालिकास्थित महम्दपुर माध्यमिक विद्यालयका शिक्षक हुन्। उपचारकै क्रममा उनको काठमाडांैमा शुक्रवार राति मृत्यु भएको हो।

शिक्षकको मृत्यु भएपछि शोकमा आइतवार जिल्लाका सवै सामुदायिक विद्यालय बन्द गरिएको छ। असोज १८ गते बाटोमा हिडिरहेका, खुल्ला स्थानमा शौच गर्न निस्केका २६ जनालाई स्यालले टोकेको थियो। टाउकोमा स्यालले टोकेका १६ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको थियो। अझै केही बिरामीहरुको काठमाडौंमा उपचार भइरहेको छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.