मौलिक मोडल आवश्यक

मौलिक मोडल आवश्यक

विकासका दुईवटा पक्ष हुन्छन् । विकाससँग सम्बन्धित मूल्य पनि हामीले हेर्नुपर्ने हुन्छ । केको मूल्यमा विकास गर्ने हो, त्यो महत्वपूर्ण कुरा हो । विकासको मूल्य नहेरीकन हामीले भौतिक पक्ष मात्रै हेर्‍यौं भने विकास हुँदैन । नैतिक, भौतिक र आध्यात्मिक सन्तुष्टि पनि हुनुपर्‍यो । हाम्रो समाज पूर्णतः भौतिकवादमा आधारित होइन ।

हामीले विकासलाई हेर्ने जुन ‘लेन्स’ हो नि, हामीले पुरानो ‘लेन्स’ छोडिदियौं । बाहिरको लियौं । त्यही सिद्धान्तअनुसार हामी हिँड्न थाल्यौं । ‘मोडर्न नेस्नल’ थ्योरी आयो ०७ सालतिर, त्यही लियौं । पछि ‘इकोनोमिक ग्रोथDevraj-Dahal’ आयो, त्यही बोक्यौं हामीले । ‘सेल्फ हेल्प’ आयो त्यो पनि लियौं । पछि आएको ‘स्ट्रक्चरल एड्जस्टमेन्ट’ पनि लियौं । संयुक्त राष्ट्रसंघले सहश्राब्दी विकास लक्ष्य ल्याएको छ, त्यो पनि लियौं । पछिल्लो समय ल्याएको दिगो विकास पनि लियौं ।
जबसम्म मोडल मौलिक बनाइन्न त्यहाँ विकासले काम गर्दैन । हामीले विकास गर्ने भनेको ‘इकोलोजिकल’ सन्दर्भ हो । हामी सार्वभौम होइनौं, निर्भर छौं । प्रकृतिको विरुद्ध गयौं उसले प्रतिवाद गर्छ । विकास र प्रजातन्त्र परिपूरक कुरा हुन् । प्रजातन्त्र पनि हरेक देशको फरक फरक खालको छ । जर्मनीको अधिक सामाजिक खालको छ ।

जापानको अग्र्यानिक खालको छ । चीनको पनि आफ्नै खालको छ । त्यो फरक कसरी भयो भने त्यहाँको नेतृृत्वले विचारधारा निर्माण गर्‍यो । हाम्रो पनि पुराना सात सालका नेताहरूले विचारधारा ‘इन्भेन्ट’ गरेको हो । जसरी बिपीले पनि प्रजातन्त्र, समाजवाद र राष्ट्रियता भन्नुभयो । विकासको कुरा गर्दा हाम्रो स्थानीय सरकार त पहिले पनि समावेशी थियो, नभएको त केन्द्रीय सरकार मात्रै हो ।

नेपालमा राज्य पनि कमजोर छ । गैरसम्प्रभु चाहिँ बलियो भयो । सम्प्रभुता भनेको स्थायी हो र त्यो कमजोर भयो भने त्यसले ‘डिफर्मिटी’ ल्याउँछ । नेपालको संविधन त पहिले पनि लोकतान्त्रिक थियो । विकासले गरिबी निवारण गर्नुपर्‍यो । रोजगारी सृजना गर्नुपर्‍यो । समाज एकीकरण गर्नुपर्‍यो । समाजलाई राज्यसँग जोड्नु पर्‍यो । त्यति मात्र होइन, सीमापारिको सम्बन्धलाई पनि ध्यान दिनुपर्छ ।


विकास भनेको अन्तरविषयक त हो नै, यसको प्राथमिक काम गरिबी निवारण गर्ने हो । असमानता घटाउने हो । हिंसा न्यूनीकरण गर्ने हो । लोकतन्त्रमा कुनै पनि विकास नीति बनाउँदा जनतासँग सल्लाह गर्छ । उपयुक्त छ कि छैन जनतालाई काम लाग्छ कि लाग्दैन । लोकतन्त्रमा मिडियाले स्थानीय मूल्य बोकेको हुन्छ । विकासको कुरा गर्दा मान्छे परनिर्भर हुन्छ ।

एउटा समूहलाई सम्बोधन गरेर अरूलाई लत्याएर हुँदैन । संविधानमा जे लेखिएको छ, हाम्रो विकास पनि त्योअनुसार नै गर्ने हो । तर के हो भने ०४७ सालकै संविधान हेरौं, त्यो बेला समाजवादी, सामूहिक न्यायमा आधारित आर्थिक नीति लिइने छ भनियो । स्वतन्त्रता, सूचनाको हक दिएको छ । तर संविधानको विपरीत हामीले आर्थिक नीति लियौं । कोही संविधानभन्दा बाहिर, कोही भित्र भएपछि समस्या हुने नै भयो । अब यी कुरालाई समाजवाद उन्मुख कसरी गर्ने त ?


हामीकहाँ आउने प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण हाम्रो परराष्ट्र नीतिमा निर्भर हुन्छ । देशको ‘एसेप्टीबिलिटी’ परराष्ट्र नीतिसँगै सम्बन्धित छ । पहिले योजना आयोगलाई ‘थिंक ट्यांक’का रूपमा लिइन्थ्यो । अहिले पार्टीका प्रतिनिधित्व गर्ने हुँदा पार्टीको स्वार्थबाट सोच्छ । पार्टीको हिसाबले सोचेपछि त्यहाँ राष्ट्रिय पहुँच हुँदैन । त्यसैले पब्लिक बौद्धिकताको काम नागरिक समाजको हो ।


प्रजातन्त्र वितरण गर्ने प्रणाली हो । त्यसका लागि राज्यसँग स्रोत हुनुपर्‍यो । बाहिरको संस्थाले त शर्त राख्छ । त्यसकारण राज्य बलियो हुनका निम्ति चारवटा कुरा चाहिन्छ । पहिलो दण्ड दिने कुरामा एकाधिकार हुनुपर्‍यो  । दोस्रो, करमा एकाधिकार हुनुपर्‍यो, अहिलेसम्म हाम्रो करको दायरा १५ प्रतिशत छ, जुन निकै सानो हो । तेस्रो, जनताको बफादारिता मुलुकप्रति हुनुपर्‍यो  । अहिले त खण्डित भएर जनताले आफूलाई क्षेत्रीय जातीय, धार्मिक, लैंगिक हिसाबले पहिचान दिन थालेका छन् । राष्ट्रिय पहिचान छोडेका छन् । चौथो, अन्तर्राष्ट्रिय मान्यता हो ।


अहिलेको विश्वव्यापीकरणले सञ्चारको रूपान्तरण भइरहेको छ । त्यसले के रूपान्तरण गर्‍यो त ? त्यो हामीले जान्नु आवश्यक छ । त्यो जान्यौं भने हाम्रो अनुकूलन राम्रो हुन्छ । जस्तो आँधी आउँदा रूखविरुवाहरू झुक्छन्, गइसकेपछि फेरि ठाडो हुन्छ । खासमा हाम्रो समाज सानो र अन्तर्राष्ट्रिय समाज ठूलो छ । त्यसकारण एडप्ट गर्न हामीले सक्नुपर्छ ।

त्यसका लागि ज्ञान चाहियो, त्यस्तै खालका संस्थाहरू निर्माण गर्नुपर्‍यो । हाम्रो कर्तामा सिक्ने प्रवृत्ति हुनुपर्‍यो । हाम्रो सामाजिक सिकाइ भएन । हामी कहाँ किन समाजिकीकरण भएन, विकास वितरण भएन ? भन्दा सिकाइको क्षमता हामीसँग कम छ ।
(राजनीतिशास्त्री दाहालसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.