एप्सको बढ्दो बजार

एप्सको बढ्दो बजार

काठमाडौः जति राम्रो सोच उति धेरै अवसर । हो पनि कुनै पनि एप्सको सफलता निर्माणकर्ताको सोचमा भर पर्छ । पछिल्लो समय बजारमा लाखौंको संख्यामा एप्स निर्माण भएका छन् । त्यसमा कतिले सफलता हात पारेका छन् भने कतिपय त्यसै हराएका छन् । सहजताका लागि निर्माण गरिएका एप्सको प्रयोग पछिल्लो समय ह्वात्तै बढेको छ ।

सन् २०१० को अन्त्यसम्म एक लाख मात्र एप्स गुगल प्लेस्टोरमा उपलब्ध रहेकामा त्यसयताको पाँच वर्षको अवधिमा यसको संख्या २४ गुणाले वृद्धि भएको छ । रिसर्च पोर्टल ‘स्टाटिस्टा' ले सन् २०१६ को जुनमा जारी गरेको प्रतिवेदन अनुसार अहिले गुगल प्ले स्टोरमा २४ लाखभन्दा बढी एप्स छन् ।

यो त एन्ड्रोएडका लागि गुगल प्लेस्टोरमा रहेका एप्सको संख्या मात्र हो । आईफोनका लागि एप्पल प्लेस्टोरमा २० लाख एप्स छन् । विन्डोज स्टोरमा ६ लाख ६९ हजार एप्स रहेको तथ्यांकले जनाएको छ । यस्तै अमेजन एपस्टोरमा ६ लाख र ब्ल्याकबेरी वल्र्डमा दुई लाख ३४ हजारभन्दा बढी एप्स छन् ।

आईफोनले ल्याएको एप्सको क्रेज अहिले एन्ड्रोइडमा बढी देखिएको छ । स्टाटिस्टाको तथ्यांकका आधारमा गुगल प्लेस्टोर, एप्पल प्लेस्टोर, अमेजन एपस्टोर , विन्डोज स्टोर र ब्ल्याकबेरी वल्र्डमा मात्र ५७ लाख एप्स रहेका छन् । यो त उत्कृष्ट पाँचको तथ्यांक मात्र हो ।

रिसर्च पोर्टल एप एनाइले २०१५ को प्रतिवेदनअनुसार विश्वभर एप्सको डाउनलोड संख्या एक खर्ब ११ अर्ब २० करोड छ । यो संख्या सन् २०१६ को अन्त्यसम्ममा ३३ प्रतिशतले बढेर एक खर्ब ४७ अर्ब तीन करोड पुग्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

यो संख्यामा एप्सको विकास र प्रयोग भए पनि एप्स विकास अझै पनि सुरुवातकै चरणमा रहेको एफ–१ सफ्ट कम्पनीका कार्यकारी निर्देशक सुवास शर्मा बताउँछन् । उनका अनुसार नेपालको परिवेशमा यो सुरुवाती अवस्थामा छ तर प्रयोगमा भने ठूलो परिर्वतन आइसकेको छ ।

नेपालमै बनेको एप्सको संख्या पनि वृद्धि हुँदै गएको छ । नेपालीले निर्माण गरेका एप्सको संख्या अहिले झन्डै दुई हजारको हाराहारीमा पुगिसकेको शर्मा बताउँछन् । त्यसमा पनि नेपाली पात्रो, हाम्रो पात्रो र लोडसेडिङ एप्सको प्रयोग बढी भएको छ । नेपालमा सबैभन्दा बढी प्रयोग हुने एप्समा पहिलो ‘फेसुबक' र ‘भाइबर' रहेको छ ।

यसरी एप्सको प्रयोग बढ्दै जानुको प्रमुख कारण मोबाइलको सहजता भएको सफ्टनेप प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल रिजाल बताउँछन् । उनका अनुसार जुन रूपले स्मार्टफोनको प्रयोग बढेको छ त्यही अनुरूप एप्सले पनि बजार लिँदै गएको हो । एप्समार्फत नेपालमा पनि करोडौंको आम्दानी गर्ने सम्भावना भइरहेको रिजाल बताउँछन् ।

निर्माण भएका एप्स कुन रूपमा प्रयोगमा आएका छन्, कत्तिको इन्टरएक्टिभ र सहज छन् भन्ने विषयले यसको सफलता निर्धारण गर्ने एफ–१ सफ्ट कम्पनीका कार्यकारी निर्देशक शर्मा बताउँछन् । उनका अनुसार एप्स भनेको ‘जति राम्रो सोच उति धेरै अवसर' हो ।

सन् २०१० को अन्त्यसम्म एक लाख एप्स मात्र गुगल प्लेस्टोरमा उपलब्ध रहेकोमा त्यसयताको पाँच वर्ष अवधिमा यसको संख्या २४ गुणाले वृद्धि भएको छ ।

सोच राम्रो भएको अवस्थामा एउटा एप्समार्फत महिनामा लाखौं आम्दानी गर्न सकिन्छ । उनका अनुसार नेपाली पात्रो, हाम्रो पात्रो जस्ता नेपाली एप्सले अहिले मासिक थोरैमा पनि २० लाखको कोराबार गर्दै आएका छन् । तर विश्व बजारमा एप्समार्फत हुने आम्दानी ठूलो छ । एप्समार्फत सन् २०१६ को पहिलो महिनामा ५० अर्ब ९० करोड आम्दानी भएको युनिभर्सिटी अफ बर्गिङहममा एट अलाबामाको बिजनेस प्रोग्रामको रिपोर्टले देखाएको छ ।

सिरान टेक प्रालिका प्रमुख कार्यकारी निर्देशक सजक श्रेष्ठका अनुसार सोचलाई खेलाएर सफ्टवेयर निर्माण गरेका भरमा लाखौं आम्दानी गर्न सकिने भएकाले पनि पछिल्लो समय युवाहरू यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय सबैजसो कर्पोरेट हाउसले छुट्टै एप निर्माण गर्न तातिएकाले यसको अवसर बढ्दै गएको हो ।

अहिले नेपालमा भएका बैंकमध्ये ९० प्रतिशतले आफ्नै बैंकिङ एपको निर्माण गरिसकेका छन् । बाँकी बैंक पनि एप बनाउने क्रममै छन् । श्रेष्ठका अनुसार नेपालमा ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न हाउस र प्रडक्टको ब्रान्डिङका लागि एप निर्माण गर्ने चलन बढेकाले त्यसमा अवसर सिर्जना हुँदै गएको हो । अहिले नेपालमा सिरान टेक, सफ्टनेप, एफ-१ सफ्टलगायत दर्जनौंको संख्यामा एप्स निर्माण कम्पनी स्थापना भइसकेका छन् ।

व्यक्तिगत रूपमा एप्स निर्माण गर्ने मानिसको संख्या हजारौं छ । सफ्टनेप प्रालिका प्रमुख कार्यकारी अधिकृत रिजालका अनुसार नेपालीले नेपालमा बसेर विदेशी कम्पनीको एप्स निर्माण गरी लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् ।

हजारौं मानिसलाई रोजगारी दिइरहेको यस सेक्टरको विकासका लागि राष्ट्र बैंकले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ । मुलुकमा अहिले एप्समार्फत आम्दानी गर्ने भनेको गुगल एड र एप्समार्फत गरिने कारोबार जस्तै ‘इ-सेवा' हो । तर, राष्ट्र बैंकले बाहिर पैसा पठाउन पाउने नीति ल्याए एप्सको बजारले तीव्रता पाउने व्यवसायी बताउँछन् । यसले ठूलो अवसर सिर्जना गर्नुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने थियो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.