भारतलार्इ पाकिस्‍तानी सेनाको चेतावनी

भारतलार्इ पाकिस्‍तानी सेनाको चेतावनी

इस्‍लामाबादः पाकिस्तानले जम्‍मु कश्‍मीर सिमानामा भारतले गोलाबारी गरी अशान्ति मच्चाएको भन्दै यस्तो सह्य नहुने बताएको छ । पाकिस्तानी वायु सेनाका प्रमुखले भारतले कश्‍मीर विवादलाई लिएर युद्ध गर्न खोजेको पनि आरोप लगाएका छन् ।

भारतका यस गतिविधि उसैका लागि पनि उचित नहुने उनको भनाइ थियो । आफ्ना तीनजना सैनिक मारिएपछि पाकिस्तानको यस्तो चेतावनी आएको हो । बुधबार भारतीय सेनाले गरेको कारबाहीमा उनीहरू मारिएका थिए ।

भारतले एकतर्फी रूपमा पाकिस्तानी सीमामा आक्रमण गरेको भन्दै वायु सेनाका प्रमुख सुहेल अमनले बिहीबार अब आफूहरू चुप लागेर बस्न नसकिने बताए । बुधबारको आक्रमणमा पाकिस्तान प्रशासित कश्मीरमा बसमा यात्रा गरिरहेका १२ जना सर्वसाधारण पनि मारिएका थिए । अमनले भने, ‘यदि भारतले आफूलाई नियन्त्रणमा राख्छ भने ठिकै छ ।

अन्यथा दिल्लीमाथि संकट मडारिनेछ । दिल्लीलाई कसरी तह लगाउनुपर्छ भन्ने कुरा पाकिस्तानी सेनालाई राम्ररी थाहा छ ।’ भारतको आक्रमणलाई लिएर पाकिस्तानलाई कुनै डर पनि नभएको उनले बताए । भारतलाई संयमित हुन पनि उनले आग्रह गरे ।

कश्‍मीर विवाद सुल्झाउनु दुवै देशको हितमा भएको भारतले पनि बुझ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘पाकिस्तानले युद्ध चाहँदैन । पाकिस्तानी सेनाको संयमतालाई कमजोरी कसैले पनि नठानोस् ।'यदि कसैले पाकिस्तानमा अतिक्रमण गर्न खोजे आफ्नो सेनाले उचित जवाफ दिने उनले स्पष्ट पारे ।

पाकिस्‍तानी वायु सेना प्रमुख अमनले उरी घटनापछि भारतले लगातार सीमाक्षेत्रमा गडबडी गर्न खोजेको बताए । भारतबाट भइरहेका अवाञ्छित गतिविधिलाई मद्देनजर गरी पाकिस्तानी सेनाले युद्धसम्बन्धी तयारी पनि गरिरहेको उनले खुलासा गरे । कश्मीरको उरीमा आतंकवादी आक्रमणमा १९ जना भारतीय सैनिक मारिएका थिए । उक्त आक्रमण पाकिस्तानले गराएको भारतीय आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.