बिहानै ५.६ म्याग्नेच्यूटको भूकम्प

बिहानै ५.६ म्याग्नेच्यूटको भूकम्प

काठमाडौं: रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्र बनाएर सोमबार बिहान ५.६ म्याग्नेच्यूटको भूकम्प गएको छ ।

यो नयाँ भूकम्प नभई गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान पाँच बजेर २० मीनेटको समयमा गएको भूकम्पको काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।

गत वर्ष वैशाख १२ गते गोरखा बारपाक केन्द्र बनाएर गएको भूकम्पछि त्यसका परकम्प जाने क्रम अझै रोकिएका छैनन् । चार म्याग्निच्यूट भन्दा बढीको क्षमताका परकम्प अहिलेसम्म चार सय ७५ भन्दा बढी पटक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.