बम निस्क्रिय बनाउने क्रममा चार घाइते

बम निस्क्रिय बनाउने क्रममा चार घाइते

राजविराजः सदरमुकाम राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा राखिएको कुकर बम निस्क्रिय बनाउने क्रममा एक सैनिक र तीनजना प्रहरी घाइते भएका छन् ।

बम निस्क्रिय बनाएको एक घण्टापछि आगो लगाएर नष्ट गर्न खोज्दा बारुदको झिल्को उछिट्टिएर चारजना घाइते भएको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

घाइते हुनेमा श्री कृष्ण दल गणका सिपाही चन्द्रबहादुर गुरुङ, प्रहरी हवल्दार कर्णबहादुर बि.क., प्रहरीहरु बिनोद राजवंशी र राजेश तामाङ रहेका छन् ।

गुरुङको अनुहारमा र अन्य प्रहरीहरुको हात बारुदको आगोकोको लप्काले पोलेर घाइते भएको प्रनाउ कार्कीले बताए । घाइतेहरुको स्थानीय गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको सुरक्षा र निगरानीमा रहने जिल्ला प्रशासन कार्यालयको नागरिकता अभिलेख फाँट रहेको कोठा नं. पाँच नजिकै बम फेला परेपछि कर्मचारी र सेवाग्राही आतंकित बनेका थिए । एक सेवाग्राहीले वेवारिसे अवस्थामा रहेको झोलावारे प्रहरीलाई खवर गरेपछि झोला भित्र कुकर वम राखिएको खुलासा भएको थियो ।

कार्यालयभित्र वम राखिएको हल्ला फिजिएपछि आसपास क्षेत्रमा भागदौड मच्चिएको थियो भने सुरक्षाकर्मीले कार्यालय खाली गराई आवागमन रोकेको थियो ।

यसैबीच अखिल तराई मुक्ति मोर्चाले सोको जिम्मा लिएको छ । मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोईतले सञ्चारकर्मीहरुलाई फोन गरी उक्त वम राखेको घटनाको जिम्मा लिएका हुन् । उनले तराई मधेशमा सेना प्रहरी र वन्दुकको वलमा शान्तिपुर्ण आन्दोलनलाई दमन गर्दै लैजाने सरकारको प्रवृत्ति विरुद्ध चेतावनी स्वरुप वम राखिएको बताएका छन् । संयोजक यादवले अझ सशक्त गतिविधि अघि वढाउने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.