सांसदका योजनामा ‘भागबण्डाको' किचलो

सांसदका योजनामा ‘भागबण्डाको' किचलो

बेसीशहरः निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्र्तगतको योजनामा ‘भागबण्डा नमिल्दा लमजुङबाट प्रतिनिधित्व गरेका सांसद बिच किचलो उत्पन्न भएको छ । दुबै निर्वाचन क्षेत्रका योजना छनौटलाई अन्तिम रुप दिन बसेको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा व्यवस्थापन समितिको बैठकमा चर्काचर्कि भएको हो ।


पहिलो चरणमा बसेको निर्वाचन क्षेत्र नं १ ले ३ करोड रकममा बिभिन्न योजना सहजै छान्यो । त्यसलगत्तै बसेको निर्वाचन क्षेत्र नं. २ को बैठकमा भने सांसद बिच चर्काचर्किनै भयो ।

प्रत्यक्ष निर्वाचित सांसद चन्द्रबहादुर कुवंरको संयोजकत्वमा बसेको बैठकमा सहभागि हुन आएका सांसद शिबलाल थापामगरले बैठकमा भागबण्डाको चर्को नारा लगाए । उनले ३ करोडको योजनामा आफ्नो पार्टीलाई पनि ‘हिस्सा' चाहिने बताएपछि अर्का सांसद डा.भिष्मनाथ अधिकारीले पनि भागबण्डा हुनुपर्ने अडान राखे ।

योजना छनौटमा दलीय हिस्सा खोजेका थापामगर र अधिकारीको लगातारको दबाबले योजना छान्न बसेको बैठक तनावपूर्ण बन्यो । ‘समितिमा प्रक्रियाको कुरा भईरहेको थियो, संयोजक कुंवरले अन्नपूर्णपोष्ट सँग भने, ‘केही माननीयहरुले भागबण्डालाई जोडबल गर्नुभयो ।' उनले आफु सदैब भागबण्डा संस्कृतिको बिरुद्धमा रहेकाले प्रक्रियामा आएका योजनालाई मात्रै छनौट गरीएको बताए ।

भागबण्डा नपाएपछि आक्रोशित बनेका थापामगरले आडैमा रहेको ‘माईन्युट' च्यातिदिए । ‘मैले राखेको ७ वटा योजनाहरु कुनैपनि परेनन्, सांसद थापामगरले टेलीफोनमा भने, ‘भागबण्डा नमिलेपछि माईन्युट च्यात्न बाध्य भएँ ।'

तनहुँ घर भएका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका थापा मगरले आफुले लमजुङका बिभिन्न क्षेत्रका लागि सात वटा योजनाको सूचि देखाएको बताए । चालु आर्थिक बर्षमा सांसद बिकासकोषको रकम लमजुङका योजनामा खर्च गरेपछि उनी लमजुङ निर्वाचन क्षेत्र नं २ को निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा व्यवस्थापन समितिको बैठकमा सदस्य चुनिएका थिए ।

बर्षेनी फरक जिल्लामा रकम खर्च गर्दै आएका थापामगरले गतबर्ष तनहुँ र अघिल्लो आर्थिक बर्षमा मकवानपुर जिल्लामा रकम खर्च गरेका थिए । ‘आफ्ना कार्यकर्ता र जनतालाई रकम बाँड्नै पर्‍यो, थापामगरले भने, ‘समानुपातिकमा चुनिएका दलले यसरीनै रकम बाँड्छन् ।' थापामगर पूर्व मन्त्री समेत हुन् ।

यता स्थानीय बिकास अधिकारी शेखर पौड्यालले भने पूर्वमन्त्री जस्तो व्यक्तिले अशोभनीय कार्य गरेको प्रतिक्रिया दिए । ‘बिबाद बढेपछि हामी छलफललाई निरन्तरता दिने प्रक्रियामै थियौं पौड्यालले भने, ‘उहाँ अशोभनीय कार्य गरेर बाहिरीनुभयो ।' उनले हरेक योजनालाई ‘आबश्यकता' र ‘प्रक्रिया'का आधारमा छनौट गर्न सबै सांसदलाई आग्रह गरेको जानकारी दिए ।

दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा क्षेत्र नं १ मा ६ योजना बिभिन्न क्षेत्रमा र १९ योजना सडकमा बिनीयोजन भएका छन् । त्यस्तै क्षेत्र नं. २ भने बिद्यालयका ३ योजना र १६ योजना सडकका लागि छुट्टीएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.