फ्रान्समा राष्ट्रपति पदको उम्मेदवारीका लागि प्रारम्भिक चरणमा फिलोँ विजयी

फ्रान्समा राष्ट्रपति पदको उम्मेदवारीका लागि प्रारम्भिक चरणमा  फिलोँ विजयी

पेरिसः फ्रान्समा आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि दक्षिणपन्थी दलको तर्फबाट उम्मेदवारी दिन फ्रान्सेली सरकारको आकार घटाउने बचन दिने परम्परागत सुधारवादी फ्राँस्वा फिलोँले आफ्ना प्रतिद्वन्द्वी अलाँ जुपेलाई प्रारम्भिक चरणको मतदानमा पराजित गरेका छन् ।

अमेरिकी शैलीमा भएको प्राथमिक चरणको निर्वाचनमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टी तथा उसका सहयोगी दलका तर्फबाट उम्मेदवार हुन पूर्व प्रधानमन्त्री ६२ वर्षीय फिलोँलाई नयाँ नेताको रूपमा समर्थन प्राप्त भएको हो ।

यस प्रारम्भिक चरणको निर्वाचनमा १० हजार २ सय २९ मतदान केन्द्रमा मतदान भएको थियो । नौ हजार ९ सय १५ मतदान केन्द्रमा खसेको मत गणना हुँदा फिलोँले ६६दशमलव ५ प्रतिशत मत प्राप्त गरेका हुन् ।

निर्वाचनपछिको आफ्नो दलको एक भेलामा मध्यमार्गी जुपेले पराजय स्वीकार गरेका थिए भने फिलोँले अब फ्रान्सले अधोगति नसहने र मुलुकले सत्य र क्रिया चाहेको बताए ।

अमेरिकामा डोनाल्ड ट्रम्पको विजय तथा बेलायतमा युरोपेली युनियन परित्यागका लागि भएका निर्वाचनमा स्थापित परम्पराको विरोधमा मतदान भएको देखिएपछि फ्रान्सेली निर्वाचनलाई पनि यस्तै अवधारणाको परीक्षणको हेरिएको छ ।

अब फिलोँले अप्रिल तथा मे महिनामा हुने दुई चरणको निर्वाचनमा कट्टर दक्षिणपन्थी नेसनल फ्रन्टका नेता म्यारिन ल पेँको कडा प्रतिस्पर्धा भोग्नुपर्नेछ । उनी फ्रान्सको सत्ताधारी बर्गको प्रतिनिधित्व गर्छन् ।

राजनीतिज्ञ तथा सन् २००७ देखि १२ का लागि प्रधानमन्त्री बनेका फिलोँले फ्रान्स विद्रोहको नजिक पुगेको र सार्वजनिक क्षेत्रका पाँच लाख नोकरी कटौती गर्ने तथा व्यवसायलाई नियमित गर्ने आफ्नो योजना हाल निरुत्साहित फ्रान्सका लागि उर्जावर्धक औषधि हुने दाबी गरे ।

क्याथोलिक धर्म मान्ने फिलोँले आप्रवासी र इस्लामप्रति कडा धारणा राखेका थिए । उनले आप्रवासीको सम्बन्धमा ‘‘अर्काको घरमा प्रवेश गर्ने व्यक्तिले सोही घरलाई नियन्त्रणमा लिने काम गर्न नहुने’बताएका थिए । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.