काठमाडौंमा चोरी गर्ने भक्तपुरमा पक्राउ

काठमाडौंमा चोरी गर्ने भक्तपुरमा पक्राउ

भक्तपुर: काठमाडौंको बौद्ध चुचेपाटीस्थित भाटभटेनी फुड प्रोडक्सन प्रालिबाट नगद चोरेर भाग्नेलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

भाटभटेनीबाट तीन लाख पचास हजार रुपैयाँ चोरेर भाग्दै गरेका डोल्पा रिमी २ घर भई हाल काठमाडौं सुकेधारा बस्ने २१ वर्षीय तीर्थ बोहोरा भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई भक्तपुरको मध्यपुर थिमि नपा १६ लोकन्थलीबाट चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार शंका लागी चेकजाँच गर्दा बोहोराको गलबन्दीमा लुकाई राखेको अवस्थामा दुई लाख १८ हजार रुपैयाँ बरामद भएको थियो ।

पक्राउपछि अनुसन्धान गर्दा बोहोराले मंसिर १२ गते बेलुका भाटभटेनीबाट तीन लाख पचास हजार रुपैयाँ चोरेको पुष्टि भएको प्रनाउ ओलियाले जानकारी दिए ।

घटना काठमाडौंको भएकाले पक्राउ गरिएका बोहोरालाई बरामद गरिएको नगदसहित महानगरीय प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको ठिमी वृत्तले जनाएको छ ।

दुई बेवारिसे लास फेला

यसैबीच भक्तपुरमा मंगलबार दुई बेवारिसे लास फेला परेका छन् ।महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अनन्तलिंगेश्वर नपा ११ दधिकोटस्थित अरनिको उच्च मावि नजिकै अन्दाजी ५२ वर्षको पुरुषको लास फेला परेको हो ।

स्थानीयले कुमार बिक भनी चिनिने ती पुरुष अचेत अवस्थामा लडिरहेको फेला पारी तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको वृत्तले जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि लास पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।
त्यस्तै सूर्यविनायक नपा ६ सूर्यविनायक आकासे पुलमुनि मृत अवस्थामा महिला फेला परेकी छन् ।

हाल नामथर वतन नखुलेको अन्दाजी ५० वर्षकी तराई मूलकी देखिने महिलाको कपाल छोटो, सेतो स्वेटर, सुन्तला रंगको कुर्ता सुरूवाल लगाएको पाइएको प्रहरीले बताएको छ ।

स्थानीयले उक्त महिलाबारे खबर गरेपछि महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटिइएको थियो । टोलीले प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी लास पोस्ट मार्टमको लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.