श्रीलंकाली संसद्बाहिर अश्रुग्याँस प्रहार
![श्रीलंकाली संसद्बाहिर अश्रुग्याँस प्रहार](https://annapurnapost.prixacdn.net/media/albums/Sri-Lanka-Protest-5843ab45d7e986.32400092_METSmReRGA.jpg)
कोलम्बोः श्रीलंकाली संसद्मा वार्षिक बजेटका विषयमा छलफल भइरहेको समयमा शनिबार संसद्बाहिर प्रतिपक्षीका समर्थक हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्याँस तथा पानीको फोहरा प्रयोग गरेको छ ।
प्रदर्शनकारीलाई पूर्वराष्ट्रपति महिन्दा राजापक्षका समर्थकहरूले नेतृत्व गरेका थिए । उनीहरूले यातायात अवरुद्ध पार्नुका साथै संसद् जाने मार्ग निकै घण्टासम्म रोकिदिए ।
प्रतिपक्षी सांसद रणजित सोयसाले प्रदर्शनकारीहरूले स्थानीय निर्वाचनको माग गरेको बताए । नयाँ निर्वाचन प्रणाली तयार गर्न गत वर्ष गरिनुपर्ने स्थानीय निर्वाचन रोकिएको छ । उनले संसद्मा प्रहरीले अ श्रुग्याँस प्रयोग गरेको र आफूसहित १० सांसद प्रभावित भएको जानकारी दिए ।
यसअघि श्रीलंकामा सडक मार्ग सुरक्षित बनाउन यातायात कानुन उल्लंघन गर्नेलाई गरिने जरिवाना ५० गुणा बनाउन राखिएको प्रस्तावको विरोध गर्ने निजी बस सञ्चालक तथा चालकसँग प्रहरीको भिडन्त भएको थियो । एएफपी
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)