भारतीय राजदूतलाई फिर्ता पठाऊ भन्दै लैनचौरमा एमालेको प्रदर्शन

भारतीय राजदूतलाई फिर्ता पठाऊ भन्दै लैनचौरमा एमालेको प्रदर्शन

काठमाडौंः संविधान संशोधन प्रस्तावको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दल निकट संगठनहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न भारतीय दूतावासले मधेसी दलका नेताहरुलाई बोलाएर दबाब दिएको आरोप लगाउँदै एमालेसहितका प्रतिपक्षी दलका कार्यकर्ताहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि सोमबार विहान १० देखि १२ बजेसम्म प्रदर्शन गरेका हुन्।

भारतीय राजदूत रञ्जित रेले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन मधेसी मोर्चाका नेताहरुलाई निर्देशन दिएर पदीय मर्यादा नाघेकाले त्यसको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।

उनले भारतीय राजदूत रेले पदीय मर्यादाविपरित मधेसी दलका नेताहरुलाई भोज दिएर संविधान संशोधनको पक्षमा मतदान गर्न दबाब दिएकाले उनलाई भारत फिर्ता पठाउन माग गरिएको बताए। उनले भारतीय राजदूत रेलाई पदीय मर्यादामा बस्न समेत आग्रह गरे।

एमालेसहितका दलका कार्यकर्ताहरुले भारतीय राजदूतलाई भारत फिर्ता पठाउन माग गरेका छन्। साथै उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्।

police

सरकारले संविधान संशोधन प्रस्ताव गत मंगलबार संसदमा दर्ता गरेपछि एमालेलगायत विपक्षी दलका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन्। यसअघि पनि अनेरास्ववियु, युवा संघ नेपाल लगायत अन्य दलका संगठनका कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.