विदेशीको इशारामा आएको संशोधन प्रस्ताव स्वीकार्य छैनः विष्ट

विदेशीको इशारामा आएको संशोधन प्रस्ताव स्वीकार्य छैनः विष्ट

काठमाडौं: एमाले सचिव गोकर्ण विष्टले भारतको नाम नलिइ विदेशीको इशारामा आएको संविधान संशोधन विधेयकको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।

राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विष्टले जनसंख्याको आधारमा राष्ट्रिय सभाको निर्माण गर्ने प्रस्ताव कसको इसारामा आयो भन्दै भारततर्फ संकेत गरेका हुन् ।

‘हरेक प्रदेशको समान संख्यामा राष्ट्रियसभामा प्रतिनिधित्व हुने व्यवस्था हुँदा–हुँदै जनसंख्याको आधारमा राष्ट्रियसभाको निर्माण गर्ने कुरा ल्याएर राष्ट्रिसभालाई असन्तुलित बनाउने प्रस्ताव कसको इसारामा आयो ?’, प्रश्न गर्दै विष्टले भने, ‘संसद् संवैधानी र कानुनी प्रस्ताव उपर छलफल गर्ने थलो भएको हुँदा संविधान र कानुनको दायरा बाहिरबाट ल्याइएको प्रस्तावलाई नेकपा एमालेले कुनैपनि हालतमा संसदमा छलफलमा गर्न दिन सक्दैन् ।’

संविधान संशोधन प्रस्तावले देशमा संवैधानिक तथा राजनीतिक अराजकता पैदा गरेको समेत विष्टको भनाइ छ । संविधानको धारा २७४ को ४ र ५ ले रुपान्तरित संसदलाई सीमा हेरफेरको अधिकार नदिएको भन्दै विष्टले संविधानको पालनकर्ता सरकार स्वयम् नै संविधानको बर्खिलापमा लागेको आरोप लगाए ।

संसारको कुनै पनि संविधान शत प्रतिशत पूर्ण हुन नसक्ने भन्दै उनले नेपालको संविधान जनपक्षीय, लोकतान्त्रिक, प्रगतिशिल र अग्रगामी भएको दाबी गरे । नेता विष्टले संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता गरेर चुनावको मिति घोषणा गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

‘देशको अहित हुने गरी आएको संविधान संशोधन प्रस्ताव फिर्ता गरेर सरकारले तत्काल चुनावको घोषणा गर्नुपर्छ,’ नेता विष्टले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.