अध्ययनको निष्कर्षः सन् २०१५ सबैभन्दा तातो वर्ष

अध्ययनको निष्कर्षः सन् २०१५ सबैभन्दा तातो वर्ष

काठमाडौं: सन् २०१५ हालसम्मकै सबैभन्दा बढी तापक्रम भएको तातो वर्षको रुपमा रहेको तथ्य सार्वजनिक भएको छ।

सन् ०१५ मा विश्वमा हरेक एक सय १३ जनामध्ये एक जना शरणार्थी, शरण खोज्ने वा विस्थापित हुने अवस्थामा पुगेका थिए ।

उक्त कुरा मंगलबार नेपालमा सार्वजनिक गरिएको यस बर्षको विश्वविपद् प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्य देशहरुमा जस्तै विश्वविपद् प्रतिवेदन २०१६ नेपालमा पनि सार्वजनिक गरिएको हो । प्रतिवेदनले विपद् पूर्वतयारीमा थप लगानी गर्न विश्वलाई आव्हान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनर र गृह मन्त्रालयका सहसचिव कृष्ण राउतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

यस वर्षको प्रतिवेदनले उत्थानशीलतालाई जोड दिएको छ । नेपालमा सञ्चालित विपद् पूर्वतयारी गतिविधिको झल्को पनि विश्वप्रतिवेदनमा समेटिएको छ ।

विश्वबिपद् प्रतिवेदनका अनुसार ६ करोड ५३ लाख मानिस सन् २०१५ मा आफ्नो मुलुकबाट अन्य देशमा विस्थापित भएका छन् भने ४ करोड भन्दा बढी मानिस आफ्नै देशभित्र संघर्ष तथा हिंसाको कारण स्थानान्तरण हुनपुगेका छन् ।

प्रतिवेदन सार्वजनिकको क्रममा नेपालमा गत भूकम्पपश्चात् १८ महिनाको अवधिमा गरिएका भूकम्पपूनर्लाभका गतिविधिहरुका विषयमा भूकम्पपुनर्लाभ कार्यक्रम प्रमुख उमेश ढकाल र विश्वविपद प्रतिवेदनका विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनरले प्रस्तुति गरेका थिए।

कार्यक्रममा रेडक्रस अभियानका तीन अङ्गका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकार गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालयका प्रतिनिधि, विभिन्न साझेदार निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.