इण्डोनेसियामा शक्तिशाली भूकम्प, २४ को मृत्यु
![इण्डोनेसियामा शक्तिशाली भूकम्प, २४ को मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/earthquack-5847a232caa074.76158418_nDswcuW2lG.jpg)
एजेन्सीः इण्डोनेसियामा गएको भूकम्पमा परी २४ भन्दा बढीले ज्यान गुमाएका छन् । सयौ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आचे प्रान्तमा स्थानीय समय अनुसार बिहान पाँच बजे ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण स्थानीयबासीहरु घर छाडेर खुल्ला ठाउँतर्फ भागेका थिए ।
भूकम्पका कारण सयौ घर भत्किएका छन् । अहिले उद्धार कार्य जारी छ ।
भूकम्पपछि इण्डोनेसियामा सुनामी आउन सक्ने मौसम विभागले जनाएको छ । तर, सुनामी आउनेबारे सरकारी पक्षबाट कुनै सन्देश दिइएको छैन् ।
यस अघि सन् २००४ मा पनि आचे प्रान्तमै केन्द्र बनाएर ९ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पपछि सुनामी पनि आएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)