नोट प्रतिबन्धको असरः भारतसँग बदला लिने रुसको चेतावनी

नोट प्रतिबन्धको असरः भारतसँग बदला लिने रुसको चेतावनी

नयाँ दिल्लीः पाँच सय र एक हजारका भारतीय रुपैयाँमा लगाइएको प्रतिबन्धको रूसले कूटनीतिक रूपमा विरोध गर्दै आफूले पनि यसको बदला लिने चेतावनी दिएको छ । उक्त प्रतिबन्धबाट दिल्लीस्थित आफ्ना कूटनीतिज्ञलाई अभाव सामना गर्नुपरेको बताउँदै उसले यस्तो चेतावनी दिएको हो ।

नयाँदिल्लीस्थित रूसी दूतावासमा २०० कूटनीतिज्ञ कार्यरत छन् । रूस सरकारले नोटमा प्रतिबन्ध लगाएपछि दूतावासका लागि ६० हजार भारतीय रुपैयाँमात्र निकाल्न दिएर अन्तर्राष्ट्रिय आचारसंहिता उल्लंघन गरेको बताएको छ ।

भारतका लागि रूसी राजदूत एलेक्जेन्डर कदाकिनले २ डिसेम्बरमा भारतीय विदेश मन्त्रालयलाई यस विषयमा पत्र लेखी विरोध जनाएका थिए । दूतावासले भारत सरकारबाट यसको जवाफ पर्खिरहेको जानकारी दिइएको छ । रूस सरकारले यसको विरोधमा मस्कोस्थित भारतीय राजदूतलाई बोलाएर असन्तुष्टि व्यक्त गर्ने अनुमान गरिएको छ ।

कदाकिनले मन्त्रालयलाई लेखेको चिठ्ठीमा भारत सरकारले तोकेको रकमले दूतावासको खर्च चलाउन असम्भव भएको उल्लेख छ । उक्त रकम सामान्य खालको डिनरका लानि पनि नपुग्ने उल्लेख गरेको जनाइएको छ । रूसी राजदूतले पत्रमा प्रश्न गरेका छन्, ‘दिल्लीमा रहेको यति ठूलो दूतावासले रकम अभावमा कसरी काम गर्न सक्छ ?’

भारतीय अर्थ मन्त्रालयले यस विषयमा कुनै पनि टिप्पणी गरेको छैन । मुद्रामा लगाइएको प्रतिबन्धका कारण दूतावास, विदेशी नागरिक र पर्यटकलाई निकै ठूलो समस्या उत्पन्न भएको छ । केन्द्र सरकारले ८ नोभेम्बरमा ती नोटमा प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.