इस्लिङ्टनका ३ सय १५  विद्यार्थी दीक्षित

इस्लिङ्टनका ३ सय १५  विद्यार्थी दीक्षित

काठमाडौः इस्लिङ्टन कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ३ सय १५ जना विद्यार्थी दीक्षित भएका छन् । लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राध्यापक जोन र्‍याफ्टरी र सहउपकुलपति डोमिनिक पामर ब्राउनले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरे ।

दीक्षान्त समारोहमा उपकुलपति र्‍याफ्टरले इस्लिङ्टन कलेज विश्वविद्यालयको अति महत्वपूर्ण साझेदार रहेको बताए । उनले आफ्ना विश्वविद्यालय र अन्तर्गतका कलेजमा पढ्ने विद्यार्थीको परीक्षाको नतिजा उच्च रहेको बताए ।

कलेजका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सुलभ बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न सफल नेपालका विद्यार्थी सोही स्तरको दक्षता हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाउन सफल भएको बताए । दीक्षित विद्यार्थीलाई नेपालमै बसेर देशको सेवा गर्न उनले आग्रह गरे ।

दीक्षित हुनेमा बीएस्सी अनर्स कम्प्युटिङमा १ सय ५६, नेटवर्किङमा ६७, मल्टिमिडियामा ३१, बीबीएमा ५३ र एमएससीआईटीमा ८ जना विद्यार्थी छन् ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका अन्य पदाधिकारी, नेपालका शिक्षा क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । यस कलेजले विगत दुई दशकदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ ।

उक्त कलेजबाट हालसम्म ३ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययन पूरा गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संघसंस्थामा कार्यरत रहेको कलेजले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.