आइजीपीले ३५ लाख दिएपछि स्कूलको नाम फेरियो

आइजीपीले ३५ लाख दिएपछि स्कूलको नाम फेरियो

भोजपुरः सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले भोजपुरको अन्नपूर्ण माध्यमिक विद्यालयको नाम परितर्वन गरेर आफ्ना स्वर्गीय मातापिताको नाम राखेका छन् ।

स्कुललाई ३५ लाख रुपैयाँ दिएपछि अहिले विद्यालयको नाम ‘ श्री अन्नपूर्ण बागधन रणदीपा माध्यमिक विद्यालय’ राखिएको छ । विद्यालय २०१० सालमा स्थापना भएको हो । शिक्षा नियमावली को नियम १५६ (२) अनुसार कुनै पनि व्यक्तिले आफ्ना निकट दुईजनाका नाममा ३५ लाखबराबरको नगद वा जिन्सी सामान विद्यालय वा विद्यालयको खातामा जम्मा गरेपछि विद्यालयको नयाँ नामकरण गर्न सकिने व्यवस्था छ ।

राई पनि यसै विद्यालयका छात्र थिए । संगीतकार गणेश रसिक, भीषण मुकारुङ र श्रवण मुकारुङ पनि यसै विद्यालयका छात्र हुन् । सुरुमा कक्षा ५ सम्ममात्र पढाइ हुने यस विद्यालयमा २०६४ सालदेखि कक्षा ११ र १२ को समेत पढाइ भइरहेको छ ।

विद्यालयमा अहिले तीनवटा कार्यशाला भवन, सातवटा पठनपाठन भवन, एउटा सभाहल र एउटा पुस्तकालयसहित १२ वटा भवन छन् । भोजपुरको सुन्दर पर्यटकीय स्थलमध्ये एक ट्याम्केडाँडाको काखमा अवस्थित यो विद्यालयमा हाल करिब साढे तीन सय विद्यार्थी छन् । विद्यालयका निमित्त प्रधानाध्यापक डम्बर राईले विद्यालयमा छिमेकी जिल्ला खोटाङको सिमानामा अवस्थित च्यानडाँडा, निर्मलीडाँडा, मात्तिम, रतन्छादेखि विद्यार्थी पढ्न आउने गरेको बताए ।

गृहजिल्ला आएका महानिरीक्षक राईसँग आएकी जापानी मिवाको सानले विद्यालयलाई ५० हजार जापानी येन सहयोग गरिन् । विद्यालयमा हाल १७ शिक्षक र ६ जना कर्मचारी कार्यरत छन् । जिल्लामा क्रियाशील ज्येष्ठ नागरिक संरक्षण संघले राईलाई विद्यालयको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ संरक्षक सदस्यता प्रमाणपत्र प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.