विज्ञानराज शर्माको संयोजकत्वमा तिवारी हत्या छानबिन समिति गठन
काठमाडौं: युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी हत्याको छानबिनका लागि गृहमन्त्रालयले समिति गठन गरेको छ ।
सोमबार भएको तिवारी हत्याको विषयमा छानबिनका लागि गृहमन्त्रालयले एआईजी विज्ञानराज शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिलाई १५ दिनको समयअवधि दिइएको छ । समितिको सदस्यमा डिआइजी यादवप्रसाद रेग्मी, नेपाल प्रहरी एसएसपी मनोज न्यौपाने, गृहमन्त्रालयका उपसचिव शिवराज जोशी रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
मंगलबार बिहान तिवारी हत्याको छानबिन माग गर्दै युवा संघका अध्यक्ष राजीव पहाडीको टोलीले गृहमन्त्री बिमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएको छ । तिवारीको हत्यापछि एमाले युवा संगठन विरोधमा उत्रिएका छन् । तिवारी हत्याको विरोधमा रुपन्देही ठप्प बनेको छ ।
प्रतिक्रिया दिनुहोस !
४