लाठी बोकेर अर्घाखाँचीका महिला सडकमा
अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्कमा महिलाले लाठी बोकेर प्रदर्शन गरेका छन् ।
सरकारले पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा महिला प्रदर्शनमा आएका हुन् । संविधान संशोधन प्रस्ताविरुद्ध अर्घाखाँचीमा १२ दिनदेखि आन्दोलन जारी छ ।
महिलाहरुको लाठी जुलुस शान्ति बगैंचा, मेन रोड, बसर्पाक, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै बगैंचामा पुगेर कोणसभामा परिणत भएको छ ।
सभालाई सम्बोधन गर्दै एमाले महिला नेतृ पवित्रा पौडेलले सबै नेता तथा कार्यक्रतारु एकजुट भएर पहाड र तराई एक ठाउँ बनाउन लाग्नु पर्ने बताइन् । उनले दलीय अडान भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्ने बताइन् ।
कांग्रेस नेतृ शान्ता भण्डारीले पार्टी भन्दा ठूलो देश र जनता भएकाले जनताको भावनालाई लिएर संशोधन प्रस्तावको विरुद्धमा लागेको बताए ।
प्रतिक्रिया दिनुहोस !
४