पत्रकार महासंघको सदस्यता वितरणप्रति युनियनको आपत्ति

पत्रकार महासंघको सदस्यता वितरणप्रति युनियनको आपत्ति

काठमाडौँः नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको साधारण सदस्यता वितरण र नवीकरण एकपक्षीय रुपमा भएको भन्दै आपत्ति जनाएको छ ।

राजधानीमा उपलब्ध युनियनका पदाधिकारी र सदस्यको आज बसेको बैठकले महासङ्घ सबै सञ्चारकर्मीको छाता संस्था भए पनि सदस्यता वितरणमा पक्षपात भएको भन्दै आपत्ति जनाएको हो।

युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यको सभापतित्वमा भएको बैठकले कतिपय जिल्लामा युनियनलाई बेवास्ता गरी महासङ्घले सदस्यता वितरण र नवीकरण गरेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।

बैठकले सदस्यताको विवाद नभएका जिल्लामा पनि जबर्जस्ती उजुरी हाल्न लगाई विवाद निम्त्याएको आरोप लगाएको छ ।

युनियनले सङ्गठन सुदृढीकरण तथा महासङ्घको महाधिवेशनलाई मध्यनजर गरी युनियनकोतर्फबाट तयारीका लागि मुलुकभर केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.