बन्दकर्ताले एम्बुलेन्स र प्रेसका गाडी पनि चल्न दिएनन्

बन्दकर्ताले एम्बुलेन्स र प्रेसका गाडी पनि चल्न दिएनन्

प्युठानः व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा उत्रिएका बन्दकर्ताले शनिबार अत्यावश्यक सवारी साधनमा समेत अवरोध गरेका छन् ।

जिल्लाकै व्यस्त सडक र प्रमुख व्यापारिक केन्द्र बाग्दुलामा बन्दकर्ताले दिउँसो १२ बजेदेखि दुई घण्टा यातायात ठप्प पारेका हुन् ।

साइकल समेत छिर्न नमिल्ने गरी बन्दकर्ताले ट्याक्टर, बस, जीपलगायतका सवारीसाधन बीचबाटोमै तेर्साएएपछि प्युठान ठप्प भएको हो । । यस अघिका बन्दमा अत्यावश्यक सवारी साधन एम्बुलेन्स र प्रेसलाई निर्वाध चल्न दिएका बन्दकर्ताले शनिबारको बन्दमा भने कुनै सवारी चल्न दिएनन् ।

बन्दपछि बाग्दुला चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संयुक्त आन्दोलन संघर्ष समितिका संयोजक एवम् एमाले प्युठानका अध्यक्ष तुल्सीराम शर्माले नागरिकको मागप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताए ।

उनले जनताका माग पूरा नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिक रुपमा पदबाट राजीनामा दिनुपर्ने माग समेत अघि सारेका छन् ।

संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर पाँचबाट प्युठानसहित पहाडी जिल्लालाई टुक्र्याएको विरुद्धमा जिल्लाबासी तीनसाता अघिदेखि चरणवद्ध आन्दोलनमा छन् । संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.