श्रीमतीको हत्या गरी विष खाएर आत्महत्या

श्रीमतीको हत्या गरी विष खाएर आत्महत्या

भक्तपुरः भक्तपुरका एक पुरुषले श्रीमतीको हत्यापछि विष खाएका छन् । विष खाएर गम्भीर घाइते भएका उनको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ५ छालिङका ज्योतिराम थापाले श्रीमती बुनुको हत्यापछि विष खाएका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले ४४ वर्षका थापाले श्रीमती बुनुको खुकुरी प्रहार गरी हत्या गरेको जानकारी दिइन्।

‘धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि थापा आफैले पनि विषादी खाएका थिए’, उनले भनिन्, ‘विषादी खाएर गम्भीर घाइते भएका ज्योतिरामको उपचारको क्रममा ज्यान गएको छ ।’

उनका अनुसार ज्योतिरामको काठमाडौंस्थित वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भक्तपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीर रिफर गरिएका थापाको वीरमै उपचारको क्रममा मृत्यु भएको उनले बताइन् ।

घरायसी विवादको क्रममा श्रीमानले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक राणाले जानकारी दिइन् ।

राणाका अनुसार घटनाबारे जानकारी पाएपछि खटिएको प्रहरीले बुनुलाई घरको भान्छा कोठामा मृत फेला पारेको थियो ।

बुनुको शव पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

उसले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएको छ । भक्तपुर प्रहरीका अनुसार थापाका एक छोरा विदेशमा छन् भने छोरीको विवाह भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.