नक्कली मोदीले गोरखामा माफी मागे

नक्कली मोदीले गोरखामा माफी मागे

गोरखा: 'मै आप के सामने माफी माग्ने आया हुँ । कल मैने प्रचण्डजीको भेजा था । मित्रों, आरोप है कि मोदीजी नेपालके विरोधमे है । लेकिन मित्रों, आपका इतना सम्मान करता हुँ, नेपालके सबसे अच्छा चिज मुझे आपका भात लगरहा है । गोरखाका भात सबसे आच्छा था ।'

गोरखा महोत्सवको मञ्चमा उद्घोषकले विशिष्ट व्यक्ति मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मञ्चमा बोलाएपछि एक्कासि मञ्चमा माफी मागिरहेका मोदीजस्तै देखिने व्यक्ति सच्चा मोदी होइन रहेछन् भन्ने दर्शकले त्यतिबेला मात्रै थाहा पाए, जतिबेला उनले भन्दै गए, 'गोरखाका भात सब सा अच्छा था, क्युँ कि पिज्जा खाके गिँजा बिगार्नेवालों जरा ध्यानसे सुनो, नेपालका दालभातका पावर, ट्वान्टीफोर आवर ।'

यतिबेलासम्म गम्भीर भएर भाषण सुनिरहेका रंगशालाभरिका दर्शक, बल्ल नक्कली मोदी बन्ने कलाकार मनोज गजुरेल भन्ने थाहा पाए र पेट मिचीमिची हाँस्न थाले । 'नेपाली नेता र हिन्दुस्तानी नेता लडाइँ कर रहे है । नेपाली नेता और हिन्दुस्तानी नेता गोरखाका बजारमा क्या मिलजुल कर रहा है । मैने देखा, गोरखा बजारमे हमारा हिन्दुस्तानी पान चपाकर वालमा प्वाल पाररहे है । और आप गोरखाली वही प्वालमे चुरोटका ठुटा खाँदरहे थे । क्या अच्छा कार्यगत एकता है यहाँ ।' उनले आफू खोप्लाङमा जन्मेको, दरौंदीमा माछा मारेर हुर्केको नरेन्द्रबहादुर माझी रहेको उल्लेख गरे ।

'मित्रों, हिन्दूस्तान ने नेपालको नाकाबन्दी लगा के दुख दिया बात गलत बात है । हिन्दुस्तान से नाकाबन्दी कभी नहीं लगा था ।' हमने औषधि रोका था, आलु नहीं रोका था । ग्यास रोका था, लेकिन मधेस मे क्याँस नही रोका था । पेट्रोल रोका था, केरा नहीं रोका था ।'

उनले रामदेवसँग मिलेर नेपालका प्रधानमन्त्रीले विज्ञापन गरेको आरोप लगाए । नेताहरू 'बिहान रामदेवके पिछे, दिनमा वामदेवके पिछे, साँझमा झ्वामदेवके पिछे र मध्यरातमे कामदेवके पिछे' लागेर देश बिगारिरहेको उनले व्यङय गरे । उनले नेताहरु सानातिना स्वार्थ पूरा गर्न पनि भारतको प्रयोग गरिरहेकोप्रति पनि व्यङय गरे ।
महोत्सवमा अर्का कलाकार शिव परियारले विभिन्न १४ गीत प्रस्तुत गरेका थिए ।

उनका गीत सुनेर उपस्थित दर्शकस्रोता नाचेर मनोरञ्जन लिएका थिए । उनले सुन्छु तिमीले मलाई, कुवाको पानी, क्या दामी भो, माया देऊ मायालु, गालैको कोठीलगायत गीत गाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.