गाई हत्याको विरोधमा बझाङमा प्रदर्शन
बझाङः कैलालीको गोदावरीमा पुस ७ गते भएको सामुहिक गाई हत्याको विरोधमा बझाङ जिल्लामा प्रदर्शन भएको छ ।
राप्रपा निकट भातृ संगठन नेपाल राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा आइतबार विरोध प्रदर्शन भएको हो । प्रदर्शनका कारण बजार तथा यातायातका साधन बन्द भएका छन् ।
गाई हत्या नेपालको धर्म संस्कृति विपरित भएकाले हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन भएको हो । विरोध कार्यक्रममा युवा मोर्चाका कार्यकर्तासहित स्थानीयवासीको उपस्थिति थियो ।
प्रदर्शनमा उपस्थित भएका सबैले गाई मार्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
धार्मिक स्वतन्त्रता हुँदाहुँदै यसरी गाई मार्नु सिंगो धर्ममाथिको चुनौती भएको नेपाल रष्ट्रिय युवा मोर्चाका जिल्ला अध्यक्ष जनक खड्काले बताए । उनले सरकारले यस्ता व्यतिलाई खोजेर कारबाही र्गुपर्नेमा जोड दिए ।
कैलालीको गोदावरीमा अज्ञात समूहले झण्डै ४० वटा गाईको हत्या गरेर फालेको अवस्थामा प्रहरीले भेटेको थियो । गोदावरीमा भएको गाई हत्यको बिषयलाई लिएर सर्वसाधारण आक्रोशित छन् ।