यी हुन् फोरजी चल्ने स्मार्टफोन

यी हुन् फोरजी चल्ने स्मार्टफोन

काठमाडौं: नेपालको सूचना प्रविधिले आइतबार (जनवरी १, २०१७) एउटा ठूलो फड्को मार्दैछ । नेपाल टेलिकमले आजबाटै नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

टेलिकमले आजदेखि काठमाडौं र पोखरामा फोरजीको सफ्ट लन्च गर्ने भएको हो । यसले इन्टरनेट प्रयोगलाई अझ प्रभावकारी बनाउने त निश्चित नै छ । त्योभन्दा पनि फोरजी सार्वजनिक हुँदा तीव्र गतिको मोबाइल इन्टरेनट सेवा नेपालमा पनि सुरु हुनेछ । किनभने अहिले हामीले प्रयोग गर्दै आएको थ्रीजी सेवामा १४ एमबीपीएसको गतिमा डाटा उपलब्ध थियो ।

तर अब फोरजी सेवा सञ्चालनमा आएपछि यसको गति ३२.४ एमबीपीएस पुग्नेछ जुन थ्रीजीको तुलनामा दोब्बरभन्दा पनि बढी हो । टेलिकमले यसको क्षमतालाई विस्तारै बढाउँदै लगी ७५ एमबीपीएससम्म पु‍र्‌याउने योजना बनाएको छ । योसँगै डाउनलोड, अपलोड, इमेलिङ, भिडियो हेर्ने जस्ता काम सहज हुनेछन् । पहिलो चरणमा काठमाडौं र पोखराबाट सुरु हुने फोरजी सेवा उक्त स्थानमा बस्दैमा सबैले प्रयोग गर्न सक्छन् भन्ने छैन ।

त्यसका लागि फोरजी चल्ने मोबाइल सेट छ कि छैन त्यो महत्त्वपूर्ण हुन्छ । किनभने जुनसुकै मोबाइल फोनमा फोरजी इन्टरनेट चल्दैन । फोरजी सञ्चालन गर्न त्यसलाई सपोर्ट गर्ने आवश्यक पर्छ । नेपालमा अहिलेसम्म भित्रिएका तीन दर्जनभन्दा बढी ब्रान्डमध्ये दुई दर्जन जतिले फोरजी इन्टरनेट सपोर्ट गर्ने स्मार्टफोन भित्र्याइसकेका छन् । काठमाडौं र पोखरामा बस्ने सबैसँग फोरजी सर्पोट गर्ने सेट उपलब्ध नभएको माइक्रोम्याक्स मोबाइलका मार्केटिङ प्रमुख भुपाल क्षेत्री बताउँछन् ।

उनका अनुसार नेपालको परिवेशमा अहिलेसम्म फोरजी सपोर्ट गर्ने मोबाइलको आयात नै न्युन रूपमा भएको छ । अहिले काठमाडौं र पोखरामा स्मार्टफोन बोक्नेमध्ये ५० प्रतिशतको हातमा पनि फारेजी सपोर्ट गर्ने स्मार्टफोन नभएको हुवावे मोबाइलका बजार व्यवस्थापक सुमित प्रधानांग बताउँछन् । उनका अनुसार नेपालमा गत तीन वर्ष यतामात्र फोरजी इन्टरनेट सपोर्ट गर्ने मोबाइल सेट भित्रिएका हुन् । त्यसैले फोरजी सपोर्ट गर्ने मोबाइलको संख्या तुलनात्मक रूपमा कम भएको हो । तर टेलिकमले फोरजी सार्वजनिक गरेसँगै फोरजी सपोर्ट गर्ने मोबाइलको बजार अकासिने प्रधानांगको विश्वास छ ।

यसरी हेर्ने हो भने फोरजी चलाउन इच्छुक ग्राहकले फोरजी सपोर्ट गर्ने मोबाइल सेट नभएमा फोरजी सपोर्ट गर्ने नयाँ मोबाइल खरिद गर्नु अनिवार्य हुनेछ । हाल नेपालमा भन्डै दुई दर्जनभन्दा बढी ब्रान्डका फोरजी सपोर्ट गर्ने सयौं फोन भित्रिएका छन् । सामसुङले ए फाइभ (२०१६), ए सेभेन (२०१६), एस सिक्स फ्ल्याट, एस सिक्स एज, जे टु (२०१६), जे थ्री, जे सेभेन(२०१६), जे फाइभ (२०१६), जे म्याक्स ट्याब, नोट फाइभ, जे फाएभ प्राइम, जे सेभेन प्राइम र एस सेभन एज लगायतका फोरजी चल्ने स्मार्टफोन बजारमा ल्याएको सामसुङका प्रोडक्ट म्यानेजर सौरभ करनजीतले बताए । त्यस्तै हुवावेका वाइ ६ प्रो, जीआर थ्री, वाइ सिक्स सीडीएमए, अनर फार एक्स, जीआर फाइभ, जीआर फाइभ मिनी, पी एट लाइट, जी सेभेन प्लस, पी नाइन, मेट एट र जीआर फाइभ (२०१७) फोनमा फोरजी सपोर्ट गर्नेछ ।

फारजी सपोर्ट गर्नेमा एप्पलको आइफोन सिक्स, सिक्स प्लस, आइफोन एसई, आइफोन फाइभ एस, आइफोन फाइभ, आइफोन एयर टु, आइप्याड मिनी फोर, आइप्याड प्रो, आइफोन सेभने र सेभन प्लस रहेका छन् । त्यस्तै साओमीको रेडमी टु, रेडमी प्रो टु, रेडमी नोट टु, रेडमी नोट थ्री, मि म्याक्स, एमआइ फाइभ, रेडमी थ्री प्रो, रेडमी थ्री एस, रेडमी नोट फोर मोडलका स्मार्टफोनमा फोरजी सपोर्ट गर्ने कम्पनीले जनाएको छ । जेडटीईले बजारमा ल्याएका ब्लेड एस सिक्स, ब्लेड डी थ्री, ब्लेड डी टु, ब्लेड एल फाइभ, ब्लेड एल फाइभ प्लस, ब्लेड एस सेभन फोनमा फोरजी चल्नेछ । त्यस्तै ओप्पोले फोरजीको सपोर्ट गर्ने एफ-१ एस, ए-३७ र नियो-७ फोन बजारमा ल्याएको छ भने कलर्सले अहिलेसम्म बजारमा एउटा मात्र फोरजी सपोर्ट गर्ने मोबाइल इलाइट ई २० भित्र्याएको छ ।

त्यस्तै जियोनीका एस सिक्स एस, एस सिक्स प्रो, एम प्लस फाइभ, एम फाइभ लाइट मोबाइलले फोरजी सपोर्ट गर्नेछन् । एचटीसीको डिजाएर ६२७, डिजाएर ७२८, डिजाएर ६३०, डिजाएर ६२८ र डिजाएर ८३० मा फोरजी सपोर्ट गर्नेछ । लेनेभोको बजारमा ए २०१०, भाइब सी (ए २०२०), भाइब पी१एम, मे थ्री नोट, के फार नोट, के फाइभ नोट, भाइब के फाइभ गरी सात मोडलको फोरजी सपोर्ट गर्ने स्मार्टफोन बजारमा रहेको छ । मेजुले मेजु एमथ्री एस र एम थ्री नोट गरी दुई वटा स्मार्टफोन भित्र्याएको छ । त्यस्तै माइक्रोम्याक्सले बजारमा ल्याएका क्यू ४१३, क्यू ४६५, क्यू ४६२, ई ४५१, ई ४८१, ई ४८५ फोनमा फोरजी सपोर्ट गर्नेछ भने माइक्रोम्याक्सले नै भित्र्याएको युनीकर्नको वाईयूमा पनि फोरजी सेवा उपलब्ध छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.