फिफा वरियतामा नेपालको ६ स्थानको छलाङ
काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)द्वारा बिहीबार घोषित पछिल्लो वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ। नयाँ वरियतामा नेपाल समग्रमा एक सय ७५ औं स्थानमा छ । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा छ ।
दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत समग्रतामा ६ स्थान सुधार गर्दै एक सय २९ औं स्थानमा उक्लिएको छ । नौ स्थान सुधार गरेको माल्दिभ्स एक सय ४५ औं स्थानमा छ ।
फगानिस्तान एक सय ५१ औं स्थानमा छ । अफगानिस्तानको पाँच स्थान खस्किएको हो । यसैगरी भुटान समग्रमा एक स्थान सुधार गर्दै एक सय ७६ औं स्थानमा पुगेको छ । पाँच स्थान खस्किएको बंगलादेश समग्र वरियताको एक सय ९० औं स्थानमा छ ।
दक्षिण एसियाका अन्य दुई राष्ट्र श्रीलंका र पाकिस्तान क्रमशः एक सय ९६ औं र एक ९७ औं स्थानमा छन् । समग्र वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ।ब्राजिल दोस्रो, जर्मनी तेस्रो, चिली चौथो र बेल्जियम पाँचौं स्थानमा छन् । शीर्षदेखि ३५ औं स्थानसम्म अघिल्लो महिनाकै नतिजा यथावत् छ ।
-यसअघिको खेल समाचारमा अन्यथा भएकोमा सच्याइएको छ ।