१४ वर्षीय बालकसँग आठ करोडको सम्झौता

१४ वर्षीय बालकसँग आठ करोडको सम्झौता

एजेन्सी : युद्ध भूमिका बारुदको सुगर पत्ता लगाउने ड्रोनको निमार्णका लागि गुजरात सरकाले १४ वर्षे बालक हर्षवर्धन जालासँग ठूलो रकमको सम्झौता गरेको छ।

गजरात सरकारले हर्षवर्धनसँग भारतीय पाँच करोड (नेपाली आठ करोड) को सम्झौता गरेको हो । गुजरातको विज्ञान तथा प्रविधि परिषद्ले अहमदाबादमा भएको वाइब्रेट गुजरात समिटमा जालासँग यस्तो सम्झौता गरेको हो ।

कक्षा दशमा अध्ययनरत जाला गुजरातमा बस्दै आएका छन् । जालाले टेलिभिजनमा आएका विभिन्न युद्धका घटनालाई सुनेर यो ड्रोन बनाउँने आइडिया आएको बताएका छन् । ‘जब टेलिभिजनमा फौजीहरु बारुदको सुरुङको कारण मरेको देखे तब पहिलो पटक यस्तो किसिमको ड्रोनको कल्पान गरेको हुँ ।’

जाला भन्छन्, ‘यसको लागि मैले अनुसन्धान गरेँ, बारुदको सुगर पत्ता लगाउन अहिले जुन प्रविधिको प्रयोग हुँदै आएको छ त्यो सुरक्षित छैन् ।’

ड्रोन बनाउन प्रयोग भएको प्रविधि आफ्नै तरिकाको भएको उनको दाबी छ । ६ पटकको असफलता पछि उनी सातौं पटकमा सफल भएका छन् । सातौं पटक निमार्ण गरेको ड्रोनको परीक्षणमा उनी सफल भएका हुन् । उनले यहि मे महिनासम्म यसलाई पूर्णरुपमा विकास गरी सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.