सडेका चकलेट बजारमा

सडेका चकलेट बजारमा

काठमाडौं: बालबालिकाले अत्यधिक रुचाउने बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित किन्डर जोए झुक्याएर बिक्री भइरहेको छ । करिब ११ महिनाअघि म्याद नाघिसकेको यो चकलेटको प्याकेटमा नयाँ उपभोग मिति थपेर आपूर्तिकर्ताले बजारमा बिक्री गरेको फेला पारिएको छ ।

बहुराष्ट्रिय इटालियन कन्फेक्सनरी कम्पनी फेरेरोले किन्डर जाए ब्रान्डमा प्लास्टिकको अन्डा आकारमा विभिन्न स्वादमा चकलेट उत्पादन गर्दै आएको छ । सोही कम्पनीको भारतको पुणेको बारामतीस्थित उद्योगले उत्पादन गरेको चकलेटको म्याद नाघेको अवस्थामा बजारमा भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीको विभिन्न स्थानबाट म्याद सकेको चकलेटको म्याद सच्याएर बिक्री गर्दैगरेको अवस्थामा फेला पारेको हो ।

बारामतीस्थित उद्योगबाट लट नम्बर ०८२ जेड १६ ए मा उत्पादित चकलेटको प्याकेटमा यस्तो समस्या भेटिएको हो । विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीका अनुसार २०७२ चैत ९ (२०१६ मार्च २२) गते नै म्याद सकिसकेको चकलेटको प्याकेटमा उत्पादक र आपूर्तिकर्ताले मार्च महिनाको अंकमाथि रंग पोतेर भदौ/अगष्ट महिना उल्लेख गरी बजारमा बिक्री गरेका छन् ।

‘आपूर्तिकर्ताले म्याद नाघेको चकलेटको महिनाको अंकमा रंग पोती थप महिना राखेर सडिसकेको अवस्थाका किंडर ज्वय बिक्री गर्दै आएको फेला पर्‍यो’, विभागका खाद्य निरीक्षक सुवेदीले भने ।विभागले बानेश्वरबाट मात्रै ढुवानी गर्दै आएको सवारीसाधनबाट २५ वटा क्रेटमा राखिएको चार सय थान किंडर ज्वय जफत गरेको छ । एउटा किंडर ज्वयको बजार मूल्य ७० रुपैयाँ छ ।

सुवेदीले राजधानीस्थित डिपार्टमेन्टल स्टोर, खुद्रा पसल, थोक बिक्रेतालगायतका पसलबाट समेत यस्तो चकलेटको खोजी भइरहेको जानकारी दिए । किंडर ज्वय ब्रान्डको उत्पादन सयभन्दा बढी मुलुकमा बिक्री हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.