अब बोलीले बिरामीको पहिचान गर्न सकिने !

अब बोलीले बिरामीको पहिचान गर्न सकिने !

सामान्‍यतया मानिस बिरामी भएको पहिचान उसको रगत जाँच र रोगका लक्षणहरुले देखाउने गर्छ। तर अब मानिस बिरामी भए/नभएको कुरा उसको बोलीबाटै थाहा पाउन सकिने एक अध्ययनले देखाएको छ।

अमेरिकाको एउटा स्टार्टअप कम्पनी 'क्यानरी स्पीच'ले बोलीको पहिचान गरेर रोग पत्ता लगाउन न्यूरोलोजिकल तथा थप अरु रोगको बारेमा समेत थाहा पाउन सक्‍ने उपायको खोजी गरिरहेको बीबीसीले जनाएको छ।

यो उपायले मानिसमा देखा पर्ने पार्किन्सन रोगदेखि मानसिक रोगलगायतका रोगहरुको बारेमा अगाडि नै थाहा पाउन सकिन्छ। यसको सुरुवात कम्पनीका संस्थापक हेनरी ओ केनलको नीजी अनुभवले देखाएको छ।

 

केनलले भनेका छन्, 'मेरो धेरै पुरानो साथी ६ वर्षदेखि पार्किन्सन रोगले थला परेका थिए, उसलाई मांसपेशी तथा नसा दुख्‍ने समस्याले धेरै नै च्यापेको थियो। उसको बोली विस्तारै मलिन हुँदै गइरहेको थियो भने बोल्दा आवाजले साथ पनि दिन छाडेको थियो।'

Human_Speech1

केनलले विरामीको बोली थाहा पाउने सफ्टवेयरको विकास गरिरहेको बताएका छन्। उनले भनेका छन्, 'विरामीको बोलीबाटै रोग पहिल्याउने नयाँ सफ्टवेयरमा कम्पनीले अनुसन्धान गरिरहेको छ। यसले मानिसले बोलेको भरमा उसको बिरामी पत्ता लगाउन सकिन्छ।'

यस्तै इंग्ल्याण्डको राष्ट्रिय स्वास्थ्य सेवा रोगका प्रमुख टोनी यङगका अनुसार स्वास्थ्य सेवामा आर्टिफिसियल इन्टेलिजेन्स तथा मेशिनको मूख्य भूमिका रहने भएकाले मानिसको बोली झनै प्रभावकारी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.