भृकुटीमण्डपमा सूचना प्रविधिको महामेला 'क्यान इन्फोटेक' सुरु

भृकुटीमण्डपमा सूचना प्रविधिको महामेला 'क्यान इन्फोटेक' सुरु

काठमाडौं: सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। क्यान महासंघले बर्षेनि आयोजना गर्दै आएको मेलामा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्‍यानका महासचिव क्यानका महासचिव विश्‍वराम बरामीले अन्‍नपूर्णलाई बताए।

उनका अनुसार यस पटकको २३औं संस्करण 'इन्फोटेक २०१७' मा एक सय ४० कम्पनीका दुई सय २२ स्टलको प्रदर्शनी कक्ष रहेका छन्।

यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्ससहितका स्टल रहेका छन्।

विभिन्न सूचना प्रविधिसँग सम्बन्धित संस्थाहरूले यस अवसरमा आकर्षक योजना सार्वजनिक गर्दैछन्। इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ।

सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोधसहित नामावली प्राप्त भएमा ती विद्यालयका विद्यार्थीलाई नि:शुल्क प्रवेश गर्न दिइने क्यान महासंघले जानकारी दिएको छ। मेला ६ दिनसम्म सञ्चालन हुनेछ।

उपप्रधानमन्त्री महराको हातबाट बलेन उद्‌घाटनको इलेक्ट्रिक दियो

२३ औँ संस्करणको क्यान इन्फोटेकको उद्‌घाटन गर्न आएका सरकारका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको हातबाट इलेक्ट्रिक दियो पटक पटक प्रयास गर्दा पनि बलेन। इलेक्ट्रिक दियो नबलेपछि क्यान महासंघका अधयक्ष बिनोद ढकाल आफैंले सलाई कोरेर दीप प्रज्वलन गरेका थिए।

अर्थमन्त्री महाराले सूचना प्रविधिको विकासले सरकार र प्रविधिमा दक्षता भएकाहरुले इनेपाल बनाउन जुट्‍नु पर्ने बताए। उनले भने, 'प्रविधि मानिसको दैनिक आवश्यकता भइसक्यो। यसको बारेमा अब राज्यले सोच्‍नुपर्ने बेला आएको छ। मैले पनि आफ्नो निर्वाचन क्षेत्र रोल्पामा इ-लर्निङको लागि बजेट छुट्ट्याएको छु।'

उनले प्रविधि र सूचनालाई राज्यले महत्वपूर्ण एजेन्डाको रुपमा लिइसकेकाले अब इनेपाल बन्‍नबाट कसैले पनि रोकेर नरोकिने दाबी गरे। प्रविधिको पहुँच अब शहरबाट गाउँतिर विस्तार गर्नुको अर्को विकल्प नभएको उनको तर्क थियो।

माघ १६ देखि होटेल सोल्टीमा 'आइसिटी कन्फरेन्स'

यसैबीच यो वर्षको क्यान आईसीटी कन्फरेन्स माघ १६ र १७ गते होटेल सोल्टी क्राउन प्लाजामा आयोजना गर्ने जानकारी आयोकजले दिएको छ। विकासमा सूचना प्रविधिको योगदानबारे विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

जसमा इन्फरमेशन एण्ड कम्युनिकेशन आ फर सस्टनेवल डेभ्लोमेन्ट, स्मार्ट सिटी/ भिलेज/ कम्युनिटि, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ विषयवस्तुमाथि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट कार्यपत्र पेश गर्ने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.