कस्तो हुनेछ नोकियाको कमब्याक

कस्तो हुनेछ नोकियाको कमब्याक

काठमाडौः मोबाइल फोनको बजारमा कुनै समय अब्बल स्थानमा रहेको नोकियाले केही समयको वि श्रामपछि फेरि कमब्याक गरेको छ । नोकियाले सन् २०१७ को सुरुवातसँगै चीनबाट स्मार्टफोनका साथ विश्व बजारमा पुनः फर्किंएको हो । कम्पनीले पहिलो एन्ड्रोएड फोन ‘नोकिया ६' चीनमा सार्वजनिक गरेको छ ।

तर नोकियाको कमब्याक पेयपदार्थको बजारमा ‘चिसो भनेकै कोकाकोला' जस्तै हुनसक्ने अनुमान गर्छन् मोबाइल व्यवसायी । बजारमा कोकाकोलाभन्दा अन्य ब्रान्डको उपस्थिति नहुँदा चिसो पेयपदार्थ भनेकै कोकाकोलामात्र हो भन्ने मानिसमा परेको थियो ।

पसलमा गएर अझै पनि कोक दिनु भन्ने मानिस धेरै छन् । कोक भनेर कोकाकोला नै खान्छन् भन्ने चाहीँ अहिले छैन । विस्तारै पेय पदार्थको बजारमा अन्य ब्रान्डको उपस्थिति बाक्लिएको छ । अहिले ग्राहकले आफ्नो स्वादअनुसारको चिसो किनेर खान्छन् । नोकियाको अवस्था पनि त्यस्तै हो । कुनै समयको मोबाइल बजारको एक्लो हिरो अब दर्जनौंको संख्यामा रहेका स्थापित मोबाइल ब्रान्डसँग जुध्नुपर्नेछ ।

ब्रान्डले परिचित नोकियालाई एन्ड्रोएडमा आउनु मात्र पूर्ण छैन् । त्यसका लागि पहिले उसले आफ्नो गुणस्तरलाई निरन्तरता दिन सक्नुर्ने छ । 

एक दशक अघिसम्म पनि विश्व मोबाइल बजारमा नम्बर वान मोबाइल उत्पादन कम्पनीका रूपमा रहेको नोकियाको बजार हिस्सा नै छैन । नेपालको मोबाइल बजारमा सन् २०१० सम्म पनि ७० देखि ८० प्रतिशत हिस्सा ओगटेको कम्पनी अहिले विश्व स्मार्टफोन बजारमा आफ्नो स्थान खोजिरहेको छ । अहिले बजारमा दर्जनौंको संख्यामा स्थापित मोबाइल ब्रान्डको उपस्थिति छ ।

अहिले मोबाइलमा प्रयोग भएको प्रविधि र मूल्यलाई मध्यनजर गरेर ग्राहकले मोबाइल किन्छन् । तर पनि मोबाइलको व्यापारमा ब्रान्डले पनि केही प्रभाव पार्ने भएकाले एन्ड्रोएडमा आधारित स्मार्टफोनका साथ नोकियाको कमब्याक केही हदसम्म फलदायी हुनसक्नेछ । माइक्रोम्याक्स मोबाइलका मार्केटिङ प्रमुख भुपाल क्षेत्रीका अनुसार नोकियाको पुनरागमन यसको ब्रान्डप्रति रहेको मानिसको विश्वासले यसलाई बजारमा सहज हुनेछ ।

उनले भने, ‘बजारमा कहिल्यै ब्रान्ड नसुनेका चाइनिज मोबाइलले मार्केट लिइरहेको अवस्थामा नोकिया त स्थापित ब्रान्ड हो । यसले मोबाइलको बजारमा आफ्नो स्थान बनाएको थियो र फेरि पनि बनाउन सक्नेछ ।' यसको कमब्याकले नेपाली बजारमा मात्र नभएर विश्व मोबाइल बजारमा यसले प्रभाव पार्नेछ ।

अहिलेको मोबाइल बजारमा नोकियाको कुनै उपस्थिति नभए पनि संसारमा सबैभन्दा बढी बिक्री भएका मोबाइलमा नोकियाको ११०० मोडेल पहिलो स्थानमा छ । टेलिग्राफले प्रकाशित गरेको समाचारअनुसार विश्वमा आजसम्म बिक्री संख्याको आधारमा उत्कृष्ट २०को सूचीमा नोकियाका विभिन्न १२ वटा मोडेल रहेका छन् ।

उक्त सूचीको पाँचौं स्थानसम्म नोकियाकै फोन छन् । बारफोनको बजारमा नोकियाले पाएको सफलता एन्ड्रोएडमा पनि पाउन सक्ने युविक्युटी प्रालिका जनरल म्यानेजर अनमित्र शर्मा बताउँछन् । उनका अनुसार ब्रान्डले परिचित नोकियालाई एन्ड्रोएडमा आउनु मात्र पूर्ण छैन । त्यसका लागि पहिले उसले आफ्नो गुणस्तरलाई निरन्तरता दिन सक्नुपर्नेछ ।

दास्रो कती मूल्यमा कस्तो प्रविधिमा मोबाइल बजारमा आउनेछन भन्ने कुराले पनि फरक पार्नेछ । उत्कृष्ट प्रविधिका साथ सुपथ मूल्यमा नोकियाको स्मार्टफोन आएको खन्डमा यसले ग्राहकमा प्रभाव पार्नसक्ने बताउँछन् लाइफकम प्रालिका प्रबन्ध निर्देशक अमित अग्रवाल । उनका अनुसार नेपालको मोबाइल बजार मूल्यमा आधारित भएकाले नोकियाका मोबाइलमा राखिने बजार मूल्य महत्वपूर्ण हुनेछ ।

हुवावे मोबाइलका बजार व्यवस्थापक सुमित प्रधानांगका अनुसार सामसुङ, हुवावे, जियोनी, माइक्रोम्याक्स, लेनोभो, वानप्लस, ओप्पो, साओमी जस्ता उत्कृष्ट ब्रान्डबीच नोकियालाई आफ्नो बजार स्थापित गर्न चुनौती छ । उनले भने, ‘सात वर्षसम्म गुमनाम रहेको नोकियालाई अबको बजारमा पुरानै अवस्थामा फर्काउन सानो प्रयासले हुदैन । पक्कै पनि ब्रान्डले यसलाई फाइदा पुर्‍याउनेछ ।

ब्रान्ड नेमका आधारमा ग्राहकमाझ जान उसलाई सहज हुनेछ । तर बिचमा नोकियाका उत्पादनले पाएको असफलता कम्पनीका लागि हानी पुग्नेछ ।' बिचमा नोकियाले माइक्रोसफ्टको नाममा स्मार्टफोन ल्याएको थियो जुन असफल बन्यो । त्यसैले नोकियाले बजारमा सामसुङ, हुवावे जस्ता ठूला ब्रान्डले बजारमा प्रभाव बनाइसकेको बुझ्नुपर्नेछ ।

कम्पनीले यही २६ तारिखबाट स्पेनमा हुने वल्र्ड मोबाइल कंग्रेस इभेन्टमार्फत आफ्नो दुई नयाँ मोडेलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । स्पेनमा हुने सो इभेन्टमार्फत कम्पनीले नोकिया फाइभ र पी वान दुई फोन सार्वजनिक गर्ने योजना बनाएको छ । त्यहाँ हुने मोबाइल सार्वजनिक नोकियाका लागि पुनरागमनको एउटा महत्वपूर्ण कदम हुनेछ । नोकियाले त्यहाँ कस्तो प्रविधिका साथ मोबाइल सार्वजनिक गर्नेछ, त्यसले बजारसमेत निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.