चीनले बनायो विश्वकै लामो तैरिने बाटो (फोटोफिचर)

एजेन्सी: चीनले एकपछि अर्को गर्दै विकासमा फड्को मारिरहेको छ।उसले विश्वमा विकास धेरै आयामहरु थपेको छ।
यो सँगै चीनले विश्वकै सबैभन्दा लामो तैरिन सक्ने बाटो बनाएको छ। चीनको लाउडियन प्रान्तको होङसुई नदीमा ५ किलोमिटर लामो तैरिने बाटो बनाएको हो।
यो बाटोमा करीब २ लाख भन्दा बढी फाइबरलाई तैराएर ५० किलोमिटर क्षेत्रमा सो बाटो बनाइएको छ। पानीको स्तरमा बदलाव आएमा यसको अवस्था समेत परिवर्तन हुनेछ। यसले नदीमा पर्यटन विकासमा टेवा पुगेको छ।
नयाँ वर्ष सन् २०१७को आगमनसँगै यो बाटो सर्वसाधारणको लागि खोलिएको छ। यहाँ सुरुकै दिनमा करीब ६० हजार बढी पर्यटकले अवलोकन गरिसकेका थिए।
डेली मेलका अनुसार नदीको बहाब र पानीको बदलाव अनुरुप यो बाटोको स्थिति पनि बदलाब हुन्छ। यहाँ मनोरञ्जनका लागि कार्टूनरुपी हास समेत उपलब्ध छ। यहाँ घुम्न आउने पर्यटकहरुलाई राति बत्तीको झिलिमिलीले झनै रोमान्टिक बनाइदिन्छ।
प्रतिक्रिया दिनुहोस !
