सिन्धुपाल्चोकमा बन्यो स्वीमिङ पुलसहितको किरिया पुत्री भवन (भिडियो रिपोर्ट)

सिन्धुपाल्चोकमा बन्यो स्वीमिङ पुलसहितको किरिया पुत्री भवन (भिडियो रिपोर्ट)

सिन्धुपाल्चोकः बादर लड्ने जस्तो भिरालो जमिन भएपनि त्यसमा बनेको छ तीनतले आकर्षक भवन। भवनको वरपरि हराभरा वगैंचा। भवनभन्दा तल अविरल पानी आउने तीनवटा धारा।

धाराबाट निस्केको पानी बगेर बनेको पौडी पोखरी। पौडी पोखरीबाट निकास भएको पानी सिँचाइका लागि सञ्चित गर्न बनाइएको अर्को पोखरी। अझ धारा नजिकै दुईवटा सुविधायुक्त शौचालय। घाम ताप्नका लागि भवन अगाडि र दायाँपट्टी खाली जमिन पनि। यी सबैको वरिपरी पर्खालले घेरिएको फलामको बार। हेर्दै आकर्षक लाग्ने यो ठाउँ, सुविधा सम्पन्न स्थानको पर्यटकीय, औद्योगिक या व्यापारिक प्रतिष्ठान भने होइन। यो त भूकम्पले थिलथिलो बनेको सिन्धुपाल्चोकको बाह्विसे गाविसको चिलाउने घारीमा बनेको नमुना किरियापुत्री भवन र स्थानीयले गरेको अनुकरणीय काम हो।

२०७२ सालको भूकम्पमा परि सिन्धुपाल्चोकमा मात्रै ३५ सय भन्दा बढीले ज्यान गुमाए भने ९९ प्रतिशत घर भत्किएर जमिनमै मिल्यो। भूकम्पको २० महिनावितिसक्दा समेत भूकम्पपीडितले घर बनाउन सकेका छैनन। उनीहरु टहरोमै यो पटकको जाडो काट्न पनि बाध्य छन्। तर, स्थानीयमा इच्छा शक्ति भयो भने यो पीडाबीच पनि नमुना काम गर्न सकिन्छ भन्ने उदाहरण यो चिलाउनेघारी वस्नेत टोलमा बनेको भवन र कामले पुुष्टी गर्छ।

paudi-pokhari

वर्षौंदेखि चिलाउनेघारीमा स्थानीय कोरा बस्नका लागि भिरालो जमिनमा रहेको बारीको सुर्को प्रयोग गर्दै आएका थिए। त्यहाँ भएको ढुङ्गे धारा सुक्दै गएपछि खानेपानीको समस्या उस्तै विकराल बन्दै गएको थियो। तर, तीन वर्ष पहिला, सोही स्थानमा किरियापुत्री भवनसहित धारा र पौडी पोखरी पनि बनाउने सांसद मोहनवहादुर वस्नेतको योजना सुनाउँदा स्थानीयले पत्याएनन्। उनले सांसद विकास कोषको ३ लाख रुपैयाँ विनियोजन गरेर केही रकम खाने पानी तथा सरसफाई डिभिजनकोे सहयोगमा काम अघि बढेपछि मात्रै स्थानीयले पत्याए। जिविस लगायतका निकायबाट केही सहयोग प्राप्त भएपछि स्थानीयले दिवंगत पितृको नाममा सकेको सहयोग गरे।

आँखै अगाडि सोच्दै नसोचेको भवन, तीनवटा धारासहित पौडी पोखरी बनेको देख्दा ८३ वर्षीय शेरबहादुर वस्नेत दंग छन्। त्यस्तै खानेपानी समेत नपाएर अन्यत्रै धारा खोजेर हिड्ने स्कुले विद्यार्थीसमेत घर अगाडि नै पौडी पोखरी बनेर डुबुल्की मार्न पाएकोमा हर्षित छन्।  ४४ लाख ४८ हजार रुपैयाँमा बनेको यो नमुना भवन तथा पौडी पोखरी निर्माणमा झन्डै आधा रकम स्थानीयले नै उठाएर खर्च गरेका हुन्।

मन्त्रीदेखि जिल्लाका सवै सरकारी कार्यलयका प्रमुखहरुले समेत यो नमुना कामको खुलेर प्रशंसा गरे। यी र यस्तो कामको अनुशरण गर्दै अन्य ठाउँमा समेत यो अभियान फैलिने हो भने पीडाबीच पनि नमुना काम गर्न सकिन्छ भन्ने उदाहरण त प्रस्तुत हुन्छ नै, गाउँको कामले शहर र सुविधायुक्त स्थानका नागरिकलाई पनि प्रोत्साहित गर्ने थियो।

भिडियो रिपोर्ट हेर्नुस्:  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.