घुस लिने अमिनको पक्षमा बयान फेरेर छुटाउन खोज्‍ने ६ पक्राउ

घुस लिने अमिनको पक्षमा बयान फेरेर छुटाउन खोज्‍ने ६ पक्राउ

बर्दिबास(महोत्तरी): सेवाग्राहीसँग घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका नापी कार्यालय महोत्तरीका अमिन सन्तोषकुमार महासेठलाई बयान फेरेर छुटाउन पीडितलाई फिल्मी शैलीमा धम्की दिने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बा १४ च ९६६२ नम्बरको स्कारपियो बोलेरोमा सिरहाबाट सन्तोषका समर्थकहरु महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पीडित देवनारायण महतोको घरमा गएर धम्की दिनेहरुलाई इलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको मिर्चौया नगरपालिका-१ का ४२ बर्षीय वीरेन्द्र कुमार माहासेठ, ६ का ४५ बर्षीय बिनोद कुमार महतो, ३७ बर्षीय अरुणकुमार सिंह, ४५ बर्षीय अशोककुमार साह, ९ का २० बर्षीय दिनेश यादव(बोलेरो चालक) र करजनहा-६ का ४५ बर्षीय जयप्रकाश महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका इस्पेक्टर बासुदेव थापाले बताए।

सामूहिक रुपमा घरमै गएर धम्काउदै गर्दा पीडित परिवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासका एसपी राजकुमार लम्साललाई बचाउन गुहार माग्दै टेलिफोनबाट जानकारी गराएका थिए। इस्पेक्टर थापा नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पीडित देवनारायण जनता उच्च मावि बर्दिबासका विद्यालय व्यवस्थान समितिका अध्यक्ष समेत हुन्।

मंसिरको पहिलो साता भाई-भाईको बीचमा भएको अंश बाँडफाँटको लागि नापी कार्यालय महोत्तरीमा कित्ता काट्कोलागि पीडित देवनारायणले आवश्यक कागजात सहित निवेदन दिएका थिए। अमिन माहासेठले कागजात पुरा हुँदाहुदैं १ लाख घुस नदिए काम नहुने बताए। पीडिततले अख्यितारमा उजुरी गरे। त्यसपछि पीडित महतोले गाउँमा ऋण खोजेर अमिनले माग गरेको १ लाख दिए।

घुस लिइरहेका अमिन माहासेटलाई अख्तियारको सम्पर्क कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालको नेतृत्व टोलीले मंसिर ६ गते नापी कार्यालय जलेश्वरबाटै घुस लिएको रकम सहित पक्राउ गरेको थियो।

सेवाग्राहीसँग गैरकानुनी रुपमा सेवाग्राहीसँग घुस लिएर अमिन माहासेटले भष्टाचार गरेको भन्दै उनी माथि अख्यिारले बिशेष अदालतमा मुद्धा चलाइएको छ। फागुन १७ गते पीडिततले पीडक अमिन माहासेठ विरुद्ध बकपत्र (साँचो बयान) दिने तालिका रहेको श्रोतले जनाएको छ।

यथार्थ बयान फेरी झुटो बयान दिएर अमिन महासेठलाई मुद्धा जिताउन उनका समर्थकहरुले पीडित देवनारायण महतोलाई उनकै घरमा जितमा पुगेर धम्काउँदै गर्दा प्रहरीले घेरा हाली उनीहरुलाई पक्राउ गरेको पीडित परिवारले बताए।

बर्दिबास अख्यिारका एसपी राजकुमार लम्सालले भने, 'अमिन सन्तोष महासेठलाई हामीले घुस सहित पक्राउ गर्‍यौं। उनी माथि बिशेष अदालतमा मुद्धा चलिहरेको छ। पीडित पक्षको बयान दिने समय नजिकिको छ।' उनले भने, 'आफ्नो पक्षमा बयान दिन पीडक सन्तोष पक्षका व्यक्तिहरुले पीडितलाई धम्की दिएको सूचना आयो। प्रहरीलाई त्यो सूचना दियौं। प्रहरी गएर ६ जनालाई पक्राउ गरेको हो।'

'सत्य बयान फेरेनौं भने तँलाई देखाइ दिन्छु भन्दै मलाई अमिन सन्तोषका व्यक्तिहरुले टेलिफोनमार्फत बारम्बार दवाव दियो । थर्कायो,' पीडित देवनारायण महतोले भने,' उनीहरु सोमबार जिप लिएरै मेरो घरमा बिहानै आए। मलाई बयान फेर्न लोभ देखाए।म मानिन्। उनीहरुले मलाई एकलो पारेर डर, त्रास, धम्की दिए। फिल्मा सत्य बोल्ने हिरोलाई अदालतबाट फर्केपछि के हुन्छ थाह छ नी भनेर उनीहरुले मलाई धम्की पनि दियो।'

भष्टाचार विरुद्ध आवाज उठाउका पीडित महतोले आफ्नै आगनमा पुगेका संचारकर्मीसंग अथि थपे,'जिपमा राखेर लै जाउँ उतै बिशेष कुरा गर्ने उनीहरुले सल्लाह गर्दैथियो । बिहान गाउँमा मान्छे सुतेर उठेका थिएनन् । मलाई निकै डर भयो । प्रहरी सूचना थाहा पाएर मलाई बचायो।'

पक्राउ परेकाहरु माथि के शीर्षकमा मुद्धा चलाउने भन्दै उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दिबासले जिल्ला प्रहरी कार्यालय महोत्तरी पुर्‍याएको छ।' बाबु, मेरा सन्तालाई भष्टाचारी पाल्नेहरुले धेरै सतायो। राती राती फोन गरेर बयान फेर्न धम्की दिन्छ,' पीडित देवनारायणका ६० बर्षीय आमा कोशिला देवी महतोले छोरालाई धम्की दिनेहरुलाई पक्राउ गर्न पुगेका प्रहरीसंग भने,' नागरिक, समाज र देश लुट्नेहरुलाई कारवाही गरियोस्।

भ्रष्टहरुले हाम्रो परिवारलाई जतिसुकै लोभ दिएपनि हामीसंग उनले घुस लिएको दुनियाँको कुनै कुना गएर भन्छौं ।' घटना स्थल पुगेका अख्यिारका एसपी लम्सालले कोशिला देवीलाई शान्तावना दिदैं भने, 'आमा तपाई ढुक्क हुनुस्। तपाईहरुलाई दुःख दिनेहरुलाई प्रहरीले ठीक लगाउँछ।'

यता स्थानीयले पीडित देवनारायण महतोको घरमा प्रहरी समयमा नआएको भए जिप लिएर आएका उनीहरुले अपहरण गरेरै लाने थियो भन्दै उनीहरुलाई अपहरण मुद्धा चलाएर कडाभन्दा काडा कारवाही गर्न माग गरेका छन्।

'भष्ट मान्छेको खिलापमा लड्नेलाई मनोवल गिराउन अपहरण शैलीमा पीडितको घरमा अपहरणै गर्न घुस लिने सन्तोषका मान्छे आएका थिए। तर उनीहरुको प्रयास प्रहरीले असफल बनाइदियो,' नागरिक अगुवा विदुर कार्कीले भने,' गुन्डागर्दी, घोर अपराधीक मानसिकता बोकेर पीडित देवनारायणलाई अपहरण गर्ने योजना बनाएर समुहमा आएकाहरुलाई हामी सबै स्थानीयबासिन्दा सरकारले अपहरण मुद्धा दर्ता गरेर कारवाही गर्नु पर्छ भन्ने माग राखेका छौं।'

'भष्टाचार विरुद्ध अवाज उठाउनेलाई पैसाको बलमा भष्टहरु जे पनि गर्न पाइन्छ? के देशमा कानुन छैन ? पक्राउ परेकाहरुलाई कानुन अनुसार कारवाही नगरिए अन्याय, अत्याचार, शोषण, दमन विरुद्धमा अवाज उठाउनेहरु समाजमा असुरक्षित हुन्छ। त्यसैले बयान फेर्न धम्की दिन र आपहरण गर्न आएकाहरुलाई सरकारले अभिलाम्ब कारवाही गरोस्।'

पक्राउ परेकाहरुलाई काडा भन्दा कडा कारवाही नगरिए बाध्य भएर सडकमा आउने स्थानीयले चेतावनी दिएका छन्। घटना स्थल पुगेका अख्यितारका एसपी लम्सालले स्थानीयलाई भने,'यस घटनामा कुनै पावरको कुरो चल्दैन। कानुन अनुसार प्रहरीले काम गर्छ।'

तराईका सरकारी कार्यालयमा संस्थागत रुपमा सेवाग्राहीसँग घुस लिएर काम गरिदै आएको पाइएको छ। बोल्न नसक्ने, गरीब तथा विपन्‍नहरुको सरकारी कार्यालयको कामकाज बिना घुस नदिए कामै नहुने सेवाग्राहीको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.