२९९ डलरमै सगुनको मालिक !

२९९ डलरमै सगुनको मालिक !

काठमाडौं: संसार जित्‍ने दौडमा रहेको नेपाली युवा गोविन्द गिरीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउनको लागि अनलाइन माध्यमबाट शेयर बिक्री गर्ने घोषणा गरेको छ।

सगुनका संस्थापक गोविन्द गिरीले भनेका छन्, 'सगुनका समर्थक तथा शुभेच्छुकहरु जसले हाम्रो सपनामा विश्‍वास गर्नुभयो। म उहाँहरुलाई यो अवसर बाड्‍न चाहन्थे। धितोपत्र कारोबार आयोगको स्वीकृति पाएको छ। अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्‍ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ।' उनले थपे, 'अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम हामीले समाजका विभिन्‍न पक्षहरुमा सकारात्मक काम गर्न सक्‍ने भएका छौ।'

बिहीबार राजधानीमा पत्रकार सम्‍मेलन गरी ९ फेब्रुअरीबाट संसारभर ८ लाख ६९ हजार ५६४ कित्ता शेयर खोलेर शेयरधनी बन्‍ने अवसर प्रदान गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले बताए। उनले भने, ' संसारका जुनसुकै कुनामा रहेका जो कोही व्यक्तिले पनि सगुनमा कम्तिमा २९९ डलर लगानीको गरी शेयरधनी बन्‍न सक्‍नेछन्।'

सगुनले अघि सारेको कनेक्ट, सेयर एन्ड अर्न अर्थात् 'सामाजिक सञ्जालमा जोडिनुहोस्, आफ्ना अनुभव र सकारात्मक सिकाइ करोडौंका
बीचमा बाँड्नुहोस् र केही कमाउनुहोस्' भन्‍ने उद्देश्यलाई एक हप्ता अगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले स्विकृति दिएको थियो। उक्त स्विकृति अनुसार सगुनले 'ग' श्रेणीको ८,६९,५६४ कित्ता साधारण शेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको हो।

शिवाकोटीले भने, 'अमेरिकन जब्स एक्ट २०१२ अनुसार कुनै पनि 'मिनी आइपीओ' ले ५ करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन्।तर हामीले यो वर्ष दुई अर्ब रुपैयाँ बराबरको शेयर खोलेका छौं। जुन कुल शेयरको जम्मा २१ प्रतिशत हो। शेयरधनी बन्‍नको लागि कम्तिमा १३ कित्ता किन्‍नुपर्ने हुन्छ।'

सगुनको यो अवसर विदेशमा बस्‍ने नेपाली र पहिलो आउने प्रयोगकर्ता नै प्राथमिकतामा राखेको शिवाकोटीले बताए। उनले भने 'यसका साथै इनिसियल पब्लिक अफरिङमा खोलिएको शेयरमा इच्छुक व्यक्तिले कम्तिमा पनि २ सय ९९ डलर अर्थात नेपाली रुपैँया कम्तिमा ३० हजारको शेयर लगानी गर्नुपर्ने हुन्छ।

लगानी गरेको सुरुवातीको चरणमा सेयरमा प्रति कित्ता २३ डलरको दरले पर्न आउने शिवाकोटीको भनाई छ।जुन सगुनले २ करोड डलर अर्थात २ अर्ब रुपैयाँ भन्दा बढीको शेयर जारी गरेको छ। अहिलेसम्म ४ हजार बढी व्यक्तिबाट ३५ लाख डलर बराबरको शेयर खरिद गर्न इच्छा जाहेर गरेका छन्।

सगुनमा कसरी लगानी गर्ने?

सगुन डटकमका संस्थापक नेपाली भएकाले नेपाल बाहिर बसेका प्रवासी नेपालीहरुलाई यसमा लगानीको पहिलो प्राथमिकतामा राखिएको छ। यसका साथै सगुनले पहिलो पटक इच्छा देखाउने व्यक्ति पनि सगुनको पहिलो प्राथमिकतामा पर्ने सगुन नेपाल च्याप्टरका अजय शिवाकोटीले जानकारी दिए। उनले भने, 'सगुनले विदेशमा रहेका नेपालीलाई लगानी गर्न पहिलो प्राथमिकतामा राखेको छ। तर पहिलो पटक इच्छा देखाउने अन्य देशका नागरिक पनि पर्न सक्छ। यसका लागि शेयर खुल्‍ने अघिल्लो दिन इच्छुक व्यक्तिलाई इमेल मार्फत जानकारी आउँछ।'

उनले पहिला इच्छाएको व्‍यक्तिलाई दिएर मात्रै सेयर बाड्ने भएकाले दाहासाहीको आधारमा सेयर नपर्ने बताए। उनले भने, ‘विदेशमा रहेका नेपालीहरुले अनलाइनबाटै शेयर खरिद गर्न सक्नेछन्। उनीहरुले किनेको शेयर बैंक अकाउन्टबाट काटिनेछ। तर सुरुमा इच्छाउको व्यक्तिले कम्तिमा २९९ डलरको सेयर किन्‍नै पर्ने हुन्छ। सगुनमा लगानीको लागि www.sagoon.com/invest मा गएर इच्छुक जोकोहीले विश्वभरबाट पनि लगानी गर्न सक्‍नेछन्' 

सगुनमा कसरी हुन्छ नाफा ?

सूचना प्रविधिको बढ्दो विकास र विस्तारसँगै अहिले सामाजिक सञ्‍जाल फेसबुक, ट्विटर, यूट्यूब, ह्वाट्सअप, भाइबर,स्नापच्याट लगायतले सामान्य लागनीबाट सुरु गरेका कम्पनीले हाल वार्षिक अर्बौ डलरको आम्दानी गरिरहेका छन्। त्यसमध्ये संसारमा धेरै कमाउने अर्बपतिको सूचीमा माइक्रोसफ्ट, अमेजन लगायतका आधाभन्दा बढी कम्पनीहरुका मालिक आइटी क्षेत्रबाटै प्रतिनिधित्व गरिरहेका छन्।

विश्‍वमा चर्चित फेसबुक,गुगल, एप्पल, सामसुङ, अमेजन,ओराक स्काइपललगायत कम्पनी आइटी क्षेत्रकै हुन्।यी मध्येकै एउटा सशक्त उदाहरणको रुपमा सगुन पनि सामाजिक सञ्जालमा जोडिएको छ। यही कारण सगुनमा लगानीको अवसर देखेर गोविन्द गिरी पेन्टागन छोडेर सगुनतिर लागेको सगुनका नेपाल अजयबाबु शिवाकोटीको दाबी छ।

उनका अनुसार सगुनमा हालिएको उक्त शेयरको रकमले भौतिक पूर्वाधार (अनुसन्धान, म्यानपावर, पूर्वाधारमा, टेक्निकल क्षेत्र)लगायत विभिन्न चरणमा खर्च हुने छ।यी सबै सगुनका क्षेत्र विस्तार गर्दै गएपछि यसको क्षेत्र तथा मेनपावरका आधारमा यसको लिस्टिङ गरिन्छ र ती सबै भौतिक पूर्वाधारहरु विकास भएपछि मेनपावरका आधारमा यसको लिस्टिङ गरेर सगुनको शेयर भ्यालु बढ्दै जान्छ।

उनले भने, 'सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता शेयर ० दशमलव ५ डलर थियो। तर सन् २०१५ मा ३.७५ पुग्यो।अहिले यसको भ्यालु प्रति शेयर २३ डलर पुगेको छ। यसै अनुसार सगुनले २ अर्ब रुपैयाँको शेयर जारी गरेको हो।'

उनले विस्तारै प्रविधि र पहुँच व्यापक भएपछि सगुनले आफ्नो अफिस विस्तार गर्दै जाने प्रयोगकर्ताको संख्या बढ्दै गएपछि शेयरकरताको लगानी दिन दुईगुणा रात चौगुणा बढेर जाने दाबी गरे। साथै उनले अहिले सगुनमा सक्रिय प्रयोगकर्ताहरु करीब ४ लाख २५ हजारको हाराहारीमा रहेको जानकारी दिए।

विदेशमा रहेका नेपालीलाई लगानीको अवसर
सगुनको शेयरमा नेपालबाट लगानी गर्न नपाए पनि विदेशमा बस्‍ने नेपालीलाई लगानीको अवसर जुटाइदिएको छ।यसले नेपाल बाहिर जुनसुकै देशमा बसेका नेपालीलाई लगानीको अवसर प्रदान गरेको हो। सगुनको www.sagoon.com/invest मा गएर इच्छुक प्रवासी नेपालीले आफूले चाहेको सयेर खरिद गर्न सक्नेछन्।

मे महिनामा मोबाइल एप्स आउँदै
सगुनले प्रयोगकर्तालाई ध्यानमा राखेर चाडै नै मोबाइल एप्स ल्याउने तयारी गरिरहेको छ। मोबाइल एप्सको लागि सगुन इन्डिया च्याटरले जिम्‍मेवारी लिइसकेको शिवाकोटीले जानकारी दिए। उनले भने 'मोबाइल एप्सको तयारी भइरहेको छ। यसलाई मे महिनामा भारतबाट सार्वजिक गर्ने तयारीमा जुटेका छौ।'

नेपाली युवा गोविन्द गिरीले निर्माण गरेको अमेरिकी कम्पनी सगुन सन् २००९ मा सर्च इञ्जिनका रुपमा स्थापित भएको थियो। १२ वर्ष पेन्टागनमा सूचना प्रविधिज्ञको रुपमा काम गरेका गिरीले सगुनलाई सामाजिक सञ्जालका रुपमा स्थापित गरेपछि सन् २०१५ को नोभेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सगुन डट कमको औपचारिक सुरुवात गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.