माछा मार्न जाँदा करेन्ट लागेर चतुरमानको मृत्यु
नुवाकोट: नुवाकोटको तादीखोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ।
आज दिउँसो गाउँखर्क-७ घर भई सुन्दरादेवी-१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो।
तामाङको आफैँले माछा मार्ने प्रयोग गरेको करेन्ट लागेर ज्यान गएको हो। बालकुमारी-१ घ्याम्लेस्थित तादीखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस