महानगरले टेरेन अख्तियार निर्देशन

महानगरले टेरेन अख्तियार निर्देशन

काठमाडौः काठमाडौं महानगरपालिकाले विज्ञापन निकाल्दा ढंग नपुर्‍याएपछि अहिले आन्तरिक चालक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । चालकका मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको पाइएको छ । २०६८ मा श्रेणीविहीन हुने चालकलाई चौथो तह (खरिदार) सरहको पद दिएर महानगरपालिकाले भटाभट तलब वितरण गरेपछि चालकबीच द्वन्द्व उत्पन्न भएको हो ।

तत्कालीन समयमा महानगरपालिकका कार्यकारी प्रमुख दिनेश थपलियाले नियुक्ति दिएका चौथो तहका चालकलाई अर्का कार्यकारी प्रमुख केदारबहादुर कार्कीले पाँचौं तहमा बढुवा गरेर तलबभत्ता खुवाएका थिए । फेरि महानगरपालिकाका कार्यकारी प्रमुख आनन्द पोखरेल आएपछि अवैध रूपमा रकम बाँडिएको भन्दै नियुक्त गरिएका २९ जना चालकबाट १८ लाख रुपैयाँ असुल गर्ने निर्णय गरेर मासिक पैसा कटाएका थिए ।

तत्कालीन समयमा खरिदारसरह बनाइएका चालकभन्दा १८ वर्ष पुराना ६४ चालकले आफ्नो वृत्ति विकास नगरी मनपरी रूपमा चालकलाई बढुवा गरेको भन्दै असन्तुष्टि जनाएपछि हालका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ चेपुवामा परेका छन् । उनले पोखरेलको निर्णय उल्ट्याउँदै एकलौटी निर्णय गरी २९ जना चालकलाई एकमुष्ट रूपमा पुनः ६३ लाख रुपैयाँ निकासा गरे । ‘मैले निर्णय उल्ट्याएको होइन ।

सर्वोच्चमा मुद्दा पर्दा पुराना हाकिमले चढाएको प्रतिउत्तर जबाफअनुसार तलबभत्ता खुवाइरहेको जनाएपछि त्यसैलाई टेकेर बाँकी पैसा भुक्तान गरिदिएको हुँ', उनले भने । पुराना चालकले न्याय नपाएको भन्दै विरोध गरेपछि तामाङले महानगरपालिकाकै बद्रीबहादुर खड्काको संयोजकत्वमा नौ सदस्यीय सुझाव कार्यदल बनाए । कार्यदलमा आर्थिक विभाग प्रमुख बुद्धरत्न मानन्धर, महेश काफ्ले कानुन महाशाखा प्रमुख वसन्त आचार्यलगायत थिए ।

कार्यदलले बुझाएका प्रतिवेदनको निष्कर्ष तामाङले उठाएका कदमविपरीत हुन पुग्यो । २९ जना चालकलाई दिएको पैसा र बढुवा गलत रहेकाले उनीहरूबाट असुलउपर हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तामाङलाई कार्यदलले बुझायो । तर तामाङ आफैंले बनाएको कार्यदलको प्रतिवेदन पालना गरेनन् । पुराना चालकले आफूहरू कनिष्ठ भएर काम गर्न नसक्ने भन्दै खड्का कार्यदलको प्रतिवेदन लिएर अख्तियार गुहारे ।

अख्तियारले प्रतिवेदन हेरेपछि गत असार ३० मा निर्णयअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्र पठायो । पत्रमा ‘महानगरको सुझाव प्रतिवेदन कार्यदलले तयार परेको सुझाव प्रतिवेदनअनुकूल हुने गरी निर्णय गर्नू-गराउनू' भन्ने उल्लेख छ । मन्त्रालयले समेत अख्तियारबाट आएको पत्रअनुसार महानगरपालिकालाई पत्र लेख्यो । मन्त्रालयको सुशासन प्रवद्र्धन शाखाले गत साउन ११ गते ‘सम्मानित आयोगको निर्णय लेखी आएको हुँदा सुझाव प्रतिवेदनअनुसार कार्यान्वयन गर्न निर्देशन गरिन्छ' भन्ने बेहोराको पत्र महानगरपालिकालाई पठाएको थियो ।

तर हालसम्म पनि कार्यकारी प्रमुख तामाङले कुनै कदम चालेका छैनन् । ‘अघिल्ला हाकिमले काम बिगारे, अहिले मैले कसरी सपार्न सक्छु ? पोखरेलको पालामा चालकबाट कटाउँदै आएको रकम अहिले पनि काटिरहेका छांैं', उनले भने, ‘म गलत छैन । यी सबै काम नगरी खाने कर्मचारीका बहाना मात्रै हुन् ।' अहिले चालकका मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.