कर्मचारी आन्दोलनले स्थानीय निकाय ठप्प : सेवाग्राहीलाई सास्ती
गमगढी : चरणबद्ध आन्दोलन रहेका स्थानीय निकायका कर्मचारीले जिल्ला विकास समिति र गाविसको कामकाज ठप्प पारेपछी सेवाग्राही मर्कामा परेका छन्।
सेवानिवृत्तिका बखत पाउने उपदान, सन्नततिका लागि छात्रवृद्धि स्वास्थ्य उपचार, बिमा र सेवा समायोजनको मागसहित माघ २६ गते बाट चरणबद्ध आन्दोलन गरेका जिविस र गाविसका कर्मचारीले काम ठप्प परेपछि सेवाग्रही मर्कामा परेका हुन ।
कर्णाली रोजगार कार्यक्रमको योजना सम्झौता गर्न दुई दिन टाढा बाट जिविसमा आएका भिई गाविस ४ का ७० बर्षीय परे धामि गाविस र जिविसका कर्मचारीको आन्दोलनका कारण आफनो सम्झौता हुन नसक्दा बेखर्ची भएका छन्।
विकास समितिको कार्यालयको चौरमा घाम तापेर बसिरहेका धामीले योजनाको सम्झौता गर्न ९ दिनदेखि जिविस धाइरहेको बताए। धामी जस्तै जिल्ला विकासमा कामको सिलसिलाम आएको अन्य सेवाग्राही पनि आफनो काम नहुने देखेपछी खाली हात फर्कन बाध्य छन्।
माघ १९ गतेदेखि कर्मचारी आन्दोलित हुँदा जिल्ला विकास समिति र स्थानीय निकायबाट सञ्चालन हुने विकास योजनाका काम तथा कार्यालयका दैनिक कामहरु ठप्पछन् ।