श्रीमानलाई ‘जबरजस्ती गर्न श्रीमतीले सघाउँथिन्...

श्रीमानलाई ‘जबरजस्ती गर्न श्रीमतीले सघाउँथिन्...

भक्तपुर : महानगरीय प्रहरी वृत्त ठिमीले जबरजस्ती बालिका करण गर्ने एक पुरुष र श्रीमानलाई सघाउने श्रीमतीलाई नियन्त्रणमा लिएको छ ।

गएको मंसिर २१ गते पैसा दिने लोभ देखाई १४ वर्षीया बालिकालाई जबरजस्ती करण गरेको अभियोगमा भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका ७ सिरुटारका राजकृष्ण कायस्थलाई शनिबार नियन्त्रणमा लिइएको हो ।

त्यस्तै बालिकालाई करणी गर्न सघाएको आरोपमा कायस्थकी श्रीमती राधा जंगमलाई पनि नियन्त्रणमा लिइएको ठिमी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

कायस्थ दम्पतीले बालिकालाई बारम्बार धम्काउँदै आएकाले घटना सार्वजनिक हुन सकेको थिएन । तर विशेष सुराकीको आधारमा शनिबार ठिमी प्रहरीले कायस्थ दम्पत्तीलाई नियन्त्रणमा लिएको प्रनाउ ओलियाले बताए।

उनका अनुसार गएको मंसिर २१ गते राधाले उक्त बालिकालाई टीभी हेराउने र पैसा दिने प्रलोभन देखाई घरमा लगेकी थिइन् ।

घटना विवरणअनुसार घरमा लगेकी बालिकालाई टीभी कोठामै छोडेर बत्ती निभाएर राधा पिसाब जान्छु भनी बाहिर निस्किएकी थिइन् । बत्ती निभाएर राधा निस्किँदै गर्दै ती बालिकाले पनि आफू पनि घर जाने भन्दै पछि लागिन्। बालिका बाहिर निस्किन लागेको देखेर राधाले बाहिरबाट ढोका बन्दै गर्दै चुकुल लगाएर भित्रै कैद गरेकी थिइन्।

यत्तिकैमा पहिल्यै टीभी कोठामा रहेका राजकृष्णले बालिकालाई जबरजस्ती बलात्कार गरेको ठिमी प्रहरीले बताएको छ । बालिकाले राजकृष्णलाई अंकल के गर्नु लाग्नुभएको, मलाई छोड्नु न भन्दै कराउँदा पनि नटेरी उनले बालिकालाई बलात्कार गरेका थिए ।

राजकृष्णले बलात्कार गरेपछि बालिकालाई सम्झाईबुझाई उनी आफू चाहिँ कोठाबाट बाहिरिएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनापछि राधाले बालिकाको हातमा दुईसय रुपैयाँ थमाउँदै उक्त कुरा कसैलाई नभन्न धम्कीसमेत दिएकी थिइन् । कायस्थ दम्पत्तीले बालिकालाई पटकपटक उक्त घटनाबारे कसैलाई नभन्न धम्की दिएकोसमेत प्रहरी अनुसन्धानमा खुलेको छ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको वृत्तले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.