प्रहरीको क्याम्प बनाउन व्यापारीबाट रकम असुली

प्रहरीको क्याम्प बनाउन व्यापारीबाट रकम असुली

कैलाली: कैलालीको त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरीको बेस क्याम्पको भवन निर्माण गर्न उपभोक्ता समितिले भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन्।

सशस्त्र प्रहरीको बेस क्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले गुनासो गरेका छन्।

नेपालीलाई आवतजावतमा सहज होस् भन्नाका लागि नै सशस्त्र प्रहरीको बेस क्याम्प राख्न स्थानीयवासीको सक्रियतामा निर्माण समिति गठन गरिएको र उक्त समितिको निर्णयअनुसार नै रसिद दिएर रकम लिइरहेको उपभोक्ता समितिले जनाएको छ।

सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरज बस्नेतले भने स्थानीयवासीको सक्रियतामा क्याम्प निर्माण हुने र निर्माण सम्पन्न भएपछि मात्रै सशस्त्र प्रहरीलाई हस्तान्तरण हुने भएकाले रकम असुलीमा सशस्त्र प्रहरीको कुनै संलग्नता नरहेको जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.