भूकम्पपीडितलाई अनुदान पुर्‍याउन ताकेता

भूकम्पपीडितलाई अनुदान पुर्‍याउन ताकेता


काठमाडौः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अनुदान सम्झौता भइसकेर पनि पहिलो किस्ताको अनुदान नपाएका भूकम्पपीडितलाई यथाशीघ्र रकम वितरण गर्न सम्बन्धित जिल्लाका विकास समितिलाई निर्देशन दिएको छ । अनुदान सम्झौता भइसकेकामध्ये ३६ हजार ७० जना भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएका छैनन् ।

मन्त्रालयले गाविस तथा नगरपालिकालाई सम्झौता भइसकेका भूकम्पपीडितको अनुदान रकम जिविसमा पठाउन र जिविसले तुरुन्त बैंक खातामा रकमान्तरको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । मन्त्रालयका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार अनुदान रकम तत्काल भूकम्पपीडितलाई हस्तान्तरण गर्न निर्देशन दिइएको छ । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र क, ख र ग वर्गका बैंकको सम्झौताअनुसार स्थानीय निकाय र बैंकबीच छलफलपछि स्थानीय स्तरका बैंक तथा वित्तीय संस्थामार्फत सूचीकृत भूकम्पपीडितलाई रकम वितरण गर्ने प्रबन्ध मिलाइएको छ', उनले भने ।

सरकारले आइतबारसम्म ५ लाख ५२ हजार ८ सय १२ जनासँग भूकम्प पुनर्निर्माण अनुदान सम्झौता गरेको छ । यसमध्ये ५ लाख १६ हजार ७ सय ४२ जना भूकम्पपीडितले मात्रै पहिलो किस्ताको अनुदान ५० हजार रुपैयाँ पाएका छन् । अनुदानको पहिलो किस्ताबापत सरकारले २५ अर्ब ८३ करोड ७१ लाख रुपैयाँ भूकम्पपीडितलाई वितरण गरिसकेको छ । सरकारले भूकम्प प्रभावित १४ जिल्लामध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकका भूकम्पपीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ ।


५ लाख ५२ हजार ८ सय १२ जना भूकम्पपीडितसँग अनुदान सम्झाता । सम्झाता भइसकेकामध्ये ३६ हजार ७० जना भूकम्पपीडितले पहिलो किस्ताक रकम पाएका छनन् ।

सिन्धुपाल्चोकमा ७४ हजार ९ सय २४ भूकम्पपीडितसँग अनुदान सम्झौता गरिसकेको मन्त्रालयले जनाएको छ । सरकारले सिन्धुपाल्चोकपछि धादिङका ६३ हजार १ सय ९१ जना भूकम्पपीडितसँग अनुदान सम्झौता गरेको छ । पहिलो किस्ताको अनुदान पनि सिन्धुपाल्चोकका ७४ हजार ९ सय १२ जना भूकम्पपीडितले पाएका छन् । मन्त्रालयका सहायक प्रवक्ता कोइरालाले सिन्धुपाल्चोकपछि पहिलो किस्ताको रकम नुवाकोटका ६० हजार ४ सय ७४ जना भूकम्पपीडितले पाएका छन् ।

भूकम्पको केन्द्र रहेको जिल्ला गोरखामा भने ५२ हजार ६ सय ७५ जनाले पहिलो किस्ताबापत अनुदान रकम पाएका छन् । त्यहाँ सरकारले ५३ हजार ३ सय ४९ जनासँग अनुदान सम्झौता गरेको छ ।

मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक गणेश वस्तीका अनुसार भूकम्पपीडितसँग सरकारको निर्णयबमोजिम जनही ३ लाख रुपैयाँ उपलब्ध गराउन अनुदान सम्झौता गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.