विश्वमा सबैभन्दा बढी बिक्री हुने उत्पादनहरु

संसारमा धेरै उत्पादनहरु बजारमा आउने गरेका छन्। तर कुनै उत्पादन यस्तो हुन्छ जसले समाज र व्यक्तिको लागि छाप छोडेको हुन्छ। यही कारण त्यो उत्पादनको बिक्री पनि ह्वात्तै बढिरहेको हुन्छ। संसारमा सबैभन्दा धेरै बिक्रि हुने उत्पादनहरु के के हुन् त ?
१. आईफोन
सन् २००७ मा एप्पल कम्पनीले आफनो प्रडक्ट आइफोनलाई विश्व बजारमा लिएर आयो। यसले विश्व बजारमा धमाका मच्चाइदियो। किनकी यसले अन्य स्मार्टफोनहरुलाई धेरै पछाडि पारिदियो।
आइफोनले पछिल्लो पटक ल्याएका सबै सिरीजका उत्पादनहरुमा गुणस्तर कायमै राखेको छ। अहिलेसम्म करीब १ अर्ब आइफोन विश्व बजारमा बिक्री भइसकेका छन्।
२. लिपिटोर
लिपिटोर एउटा यस्तो औषधि हो जसले खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्दछ। यसले मुटुको बिरामीलाई आराम दिलाउने गर्दछ।
फाइजर कम्पनीले यो लपिटोर औषधिलाई बनाएको थियो। यो औषधि सन् २०११ मा डेट एक्सपायर भइसकेको छ। तर पनि अहिले कम्पनीले अरु कुनै नामबाट बेचिरहेको छ।
३.कोरोला, टोयोटा
टोयोटा कम्पनीले बजारमा कोरला कार सन् १९६६ मा ल्याएको थियो। यो कार विश्वमै सबैभन्दा धेरै बिक्रि हुने कारको सूचीमा पर्छ। अहिलेसम्म जापानी कम्पनी टोयोटाले 4.०७ करोड कोरोला कार बिक्रि गरिसकेका छन्।
४.स्टार वार्स
हलिउड फिल्म स्टार वार्स सिरीज अहिलेसम्म सबैभन्दा धेरै बिक्ने फिल्म हो। संसारभर यो फिल्म करीब एक करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ।
यो फिल्मले अहिलेसम्म करीब ४.६ अर्ब अमेरिकी डलर कमाइसकेको छ।
५. आईप्याड
सन् २०१० मा एप्पलले निकालेको आइप्याड पहिलो पटक विश्व बजारमा आएपछि सबैको ध्यान तानेको थियो। यसले पनि आफ्नो बिक्री हवात्तै बढाउन सफल भयो। अहिलेसम्म यसको बिक्री २१ करोड एक लाख बढी रहेको छ।
६. सुपर मारियो
सन् १९८१ मा आएको यो सुपर मारियो भिडियो गेम पनि संसारभर चर्चामा रह्यो। यसले पनि विश्वभर तहल्का पिटेर सबैको मनमा बस्न सफल भयो।
यही कारण सन् २०११ मा सबैभन्दा चर्चित भिडियो गेम भनेर गिनिज अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भयो। सुपर मारियो गेमले करीब २६ करोड २ लाख युनिट भिडियो बेचिसकेको छ।
७. प्ले स्टेशन
सोनी कम्पनीले सन् १९९५ मा भिडियो गेमको प्रोसेसिङ मेशिन प्लेस्टेशन सार्वजनिक गरेको थियो। यो प्लेस्टेशन विश्वभर नै सुपरिचित भयो। अहिलेसम्म
संसारमा सोनीको ३४ करोड ४ लाख भन्दाबढी प्लेस्टेशन बिक्री भइसकेको छ।
८.ह्यारी पोटर
ह्यारी पोटर सिरीज पुस्तक विश्वमै सबैभन्दा लोकप्रिय बन्यो। यसको पपुलारिटिले किताबका कारणले लेखक जेके रोलिङग सबैभन्दा महँगो लेखकको सूचीमा नाम लेखाउन सफल भए।
ह्यारी पोटर विश्वको करीब ७३ भाषामा अनुवाद भएर छापियो। अहिलेसम्म यो पुस्तक ४५ करोड भन्दा बढी बिक्री भइसकेको छ।
९. माइकल ज्याक्सन थ्रिलर
किंग अफ पपको नामले विश्वभर प्रसिद्धि कमाएका गायक माइकल ज्याक्सन जिवीत त छैनन्। तर उनले बनाएको गीत र संगीत विश्वभर चर्चित छन्। माक्इकल ज्याक्सनको थ्रिलर अहिलेसम्म ७ करोड भन्दा बढी कपी बिक्री भइसकेको छ।
१०. रुबिक्स क्यूब
यो एक प्रकारको पज्जल गेम हो। यो पजललाई समाधन गर्न हतपत्त सकिँदैन। तर पनि मानिसहरु यसलाई खेल्न धेरै रुचाउँछन्। विश्वभर यो गेम ३५ करोड भन्दाबढी पिस बिक्री भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !
