धर्मुस सुन्तलीलाई मजदुरले पनि दिए ५० हजार
बर्दिबासः ‘मुसहर बस्ती निर्माण गर्न हामीले पनि एउटा इट्टा थप्न आर्थिक सहयोग गर्न सक्छौं की भनेर हाम्रो ठूलो रहर थियो । त्यो पुरा भयो,' महोत्तरीको बर्दिबास स्थित गौतम होटलमा काम गर्ने ४० जना मजदुरहरुले होटलको परिषरको बगैंचामा हास्यकलाकार धुर्मुस सुन्तलीको हातमा एक मुस्ठ ५० हजार नगद दिदैं खुशीका साथ उनीहरु शनिबार आफ्ना मनका भावन पोखे ।
मजदुरहरुले आफ्ना झन्डै दुई दिनको ज्याला बाप्त धुर्मुस सुन्तलीले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास नगरपालिका २ स्थित एकिकृत नमुना मुसहर बस्ती निर्माणमा उनीहरु सामुहिक सहयोग गरेका छन् । देश बन्नु पर्छ भन्ने भावनाका साथ होटलमा काम गर्ने हिमाल, पहाड, मधेशका ४० जना कामदारहरुले धुर्मुस सुन्तलीले गरेको काम प्रति आफूलाई गर्भ लागेको भन्दै आफुहरु पनि सानो सहयोग गरेको मजदुरहरुले बताएका छन् ।
धुर्मुस सुन्तलीले गरेको काम सरकारले पनि गर्न सकेको छैन । हामी सबैको लागि धर्मुस सुन्तली प्रेरणाको श्रोत हो । धुर्मुस सुन्तली जस्ता मनकारी मनहरुलाई सहयोग गर्नु पर्छ,' गौतम होटलका कर्मचारी प्रमुख सर्लाहीको पर्वानीपुर ६ घर भएका राजकुमार दाहालले भने,‘ मुसहर बस्ती बनाउन सबैले सहयोग गरौं । मुसहर बस्ती निर्माणले समाजिक सद्भाव र देश समृद्ध बन्दै छ ।'
मुसहर बस्ती निर्माणको लागि अझै पनि २ करोंड ५० लाख आर्थिस श्रोतको अभाव रहेको छ । त्यसैले देश विदेशमा रहेका सम्पूर्ण सहयोगि हातहरुलाई सहयोग गर्न धुर्मुस सुन्तलीले आह्वान गरेका छन् । होटलका मजदुरहरुको प्रदान गरेको रकम लिदैं धुमुर्सले देश विकासमा दिन रात पसिना बगाई रहेका श्रमिकहरुबाट बस्ती निर्माणको लागि सहयोग पाउँदा बस्ती निर्माणमा थप बल पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस !